नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ । प्रदेश अधिवेशनका लागि तीन÷तीन जनाका दरले २१ जना अधिकृत तोकिएको कांग्रेस निर्वाचन समितिले छ । यसैगरी लुम्बिनीमा तयारी पुरा भएको बताईएको छ ।




















