लुदअ, कपिलवस्तु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलबस्तु आउनुहुने भएको छ । अध्यक्ष ओलि पुस ६ गते मंगलबार कृष्णनगर नगारपालिका वडा ८ बहादुरगंजमा आउन लाग्नु भएको हो ।
जिल्लाका लोकप्रिय नेता मंगल गुप्ता सहित हजारौ कार्यकर्ता एमालेमा पार्टी प्रबेस गर्ने कार्यक्रममा अध्यक्ष ओली कपिलबस्तु आउन लाग्नु भएको जिल्ला अध्यक्ष झबिलाल पोखरेले बताउनुभयो ।
अध्यक्ष ओलि कपिलवस्तु आउने कार्यक्रम रहेसगैं एमाले कपिलवस्तु तयारीमा जुटेको नेकपा एमाले कृष्णनगर युवा नेता नवाब शरिफ शाहले बताउनु भयो । एमाले अध्यक्ष ओलीले हजारौं कार्यकर्ताको सहभागितामा सम्बोधन गर्ने कार्याक्रम समेत रहेको एमाले कपिलबस्तुले जनाएको छ ।





















