ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सियारी गाउँपालिकाको दशौं हिंउदे अधिवेशन तथा गाउँसभा सम्पन्न

लुम्बिनी दर्पण २०७८ मंसिर २८, मंगलवार १७:४२
[sharethis-inline-buttons]
Image XYZ

सियारी, मंसिर २८ ।
सियारी गाउँपालिकाले दशौं हिंउदे अधिवेशन तथा गाउँसभा सम्पन्न गरेको छ । सम्पन्न गाउँसभाले दुईओटा विधेयक पारित गरेको छ । शिक्षा ऐन संसोधन विधेयक र स्थानिय तहका कर्माचारीको स्तर बृद्धी सम्बन्धी विधेक पारित गरिएको गाउँपालिकाले बताएको छ ।

कार्यक्रममा जनप्रतिनिधि निर्वाचित भए पछि भए गरेका कामको प्रगति समिक्षा र न्यायिक समितिले गरेका कामको प्रगति समिक्षा समेत गरिएको थियो ।

जनप्रतिनिधिहरु निर्वाचित भए पछि गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, विद्युत खानोपानी विकासका पुर्वधारहरुमा पालिकावासीले महसुस हुने गरि विकास निर्माणका काम गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।

गाउँसभाले किसानहरुलाई सहयोग तथा प्रोत्सहन गर्ने भएको छ ।
जनप्रतिनिधि निर्वाचित भए पछि कृषि, स्वास्थ्य, शिक्षा तथा विकासका पुर्वधारलाइ प्रथमिकतामा राखि विभिन्न काम गरिदै आएको छ । कृषि उत्पादन वृद्धि गर्नका लागि गाउँपालिकाले किसानहरुलाई प्रोत्सहन स्वारुप ५० प्रतिसत अनुदानमा यान्त्रिकीकरण सहयोग कार्यक्रम, पशु आहारा बिकास कार्यक्रम, पशुहरुको खोप कार्यक्रम, परजीबी बिरुद्ध को औषधि निशुल्क वितरण, प्राबिधिकहरुको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले गाउँ सभामा जानकारी दिनु भयो ।

पशुपालनलाई व्यवसायीकरण तथा गाई पालक कृषकहरुको बाच्छी हुर्काउने समस्या सम्बोधन गर्नका लागि बाच्छी हुर्काउने कार्यक्रम गाउँपालिकामा संचालन गरिएको छ । दुधको बजारीकरण तथा प्रसोधनको लागि साधु बहुउद्देश्यिय सहकारी संस्था संगको सहकार्यमा दुग्ध प्रसोधन उद्योग स्थापना गरिएको उहाँले बताउनु भयो । पशुपालनको बजारीकरण तथा व्यवसायीकरणको लागि सियारी २ च्याँगठामा प्रत्यक सोमबार पशुहाट बजार संचालन गरिएकोले बताउनु भयो ।

गाउँसभाले शुद्ध खानेपानी उपलब्ध गराउनको निमित्त कुल ८९२ थान खानेपानी हेन्ड पम्प तथा ओभर हेड खानेपानी धारा जडान मा ९७ जना लाई धाराका सामाग्री निशुल्क सहयोग गरिएको छ ।गाउँसभाले कृषकहरु लाई सहज सिचाईको सुबिधा प्रदान गर्नको लागि आर्थिक बर्ष २०७७÷०७८ सिचाई बोर ३७१ थान, पम्प सेट ६४ थान तथा सिचाई मोटर १३५ थान उपलब्ध गराइएको छ ।

गाउँसभाले मुख्य मन्त्रि ग्रामिण बिकास कार्यक्रम अन्तर्गत गरिब दलित तथा बिपन्न नागरिकहरुको आय आर्जनमा सुधारको लागि कुखुराको खोर चल्ला दाना भाडा सेट समेत ५० परिवरलाई वितरण, आरनका सामाग्री २१ जना, ठेलागाडा तथा पकाउने सामाग्री समेत २१ जना लाई निशुल्क वितरण गरिएको उहाँले बताउनु भयो ।
प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत आ।व। २०७८÷०७९ हाल सम्ममा कुल सुचिकृत भएका बेरोजगारको संख्या १५१८ जना रहेकोमा हाल सम्म २७६ जना ले रोजगारी पाएको उहाँले जानकारी दिनु भयो ।

गाउँसभाले सियारी गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण, बहुउद्देश्यिय सभाहाल निर्माण, गरेको छ ।
स्वास्थ्य सेवा तर्फ गाउँसभाले गाउँपालिकाले पालिकामा संचालित स्वास्थ्य संस्थाबाट ४६१३ जना बिरामीलाई निशुल्क सेवा प्रदान गरेको । मातृ शिशु मृत्यु दर घटाई सुरक्षित तरिकाले प्रसुती गराउनको लागि हर्नैया हे।पो।मा प्रसुती केन्द्र स्थापना गरि प्रसुती सेवा संचालन गरिएको । साथै बिरामीहरुलाई समयमै उपचारको को लागि केन्द्र सम्म लैजानको लागि हर्नैया हे।पो।मा एम्बुलेन्स सेवाको सुरुवात गरिएको र जेस्ठ नागरिक , बिपन्न नागरिक, सुत्केरी, गर्भवती, नव शिशु र कोभिडका बिरामीहरुलाई एम्बुलेन्स सेवा निशुल्क गरिएको ।
सहजता पुर्वक पालिका अन्तर्गतका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि वडा न। ३,५ र ६ मा स्वास्थ्य एकाई भवन निर्माण सम्पन्न गरि सेवा प्रदान गरिएको ।

मोतिया बिन्दुको कारण दृष्टि कमजोर भएका नागरिकहरुलाई दृष्टि फिर्ता गर्नको लागि मोतिया बिन्दुको निशुल्क उपचार सेवा प्रदान गरिएको छ । सुत्केरी भएका महिलाहरुको पोषणको अवस्थालाई मजबुत गराउने उद्देश्यका साथ् गा।पा।उप प्रमुख सहित सुत्केरी महिला भेटघाट कार्यक्रमको सुरुवात गरिएको र हाल सम्म ४०० जना सुत्केरी महिलालाई भेटघाट गरि पोषणको प्याकेज प्रदान गरिनुका साथै गर्भवती तथा सुत्केरी महिला र गर्भमा रहेको शिशुको पोषण सुधारको लागि क्याल्सियम चक्की वितरणको कार्यक्रम संचालन भईरहेको छ । जगत जननी कार्यक्रमको सुरुवात भएको जसबाट गर्भवती, सुत्केरीलगायत लक्षित बर्गलाई निशुल्क स्वास्थ्यका साथै पोषण सुधार हुने अवस्था रहेको छ ।

स्वास्थ्य सेवालाई गुणस्तरीय र भरपर्दो गराउनको लागि १ जना मेडिकल डाक्टर र २ जना स्टाफ नर्स करारमा भर्ना गरि सेवा संचालन गरिएको छ ।
कोरोना रोगको रोकथाम र नियन्त्रणका लागि अमुवा हेल्थपोस्टमा ११ बेडको अस्थायी अस्पताल संचालन गरि सेवा प्रदान गरिएको र कोरोना का कारण मृत्यु भएका २३ परिवारलाई रु। २० हजारका दरले राहत उपलब्ध गराईएको छ ।

शिक्षा तर्फ , शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले विभिन्न समयमा विभिन्न कार्यहरु गर्दै आएको छ । जस अन्तरगत १० ओट विद्यालयमा कम्पाउन्ड वाल निर्माण, वास सुविधा सहितको छात्रा शौचालय निर्माण, विद्यालय भवन निर्माण तथा मर्मत १५ विद्यालयमा जम्मा १०४ कोठा, करेसाबारी निर्माण–२ विद्यालयमा, बसाइ व्यवस्थापन– ११ वटा वालविकास केन्द्र, प्रबिधिको पहुँच विस्तारका लागि आ।इ।सि।टि का समान वितरण, टि।भि वितरण–समुदायमा आधारित वालविकास केन्द्र ११ वटामा र प्राथमिक विद्यालयका ९ वटामा, स्मार्ट टि।भि वितरण–१८ विद्यालय, ल्यापटप वितरण–२७ विद्यालय धार्मिक विद्यालय समेतमा वितरण गरिएको छ । कोभिडको समयमा अनलाइन जुम कक्षा सञ्चालन कक्षा ५ देखि १० सम्म गरिएको छ । इन्टरनेट सेवा विस्तार, विज्ञान प्रयोगशाला स्थापना, पुस्तकालय स्थापना , प्राविधिक शिक्षा सञ्चालन् गरिएको छ ।

न्यायीक प्रकृयामा सुधार तर्फ गाउँसभाले निष्पक्ष, तटस्थ र जिम्मेवारी पूर्ण तरिकाले गाउँपालिकामा न्यायीक प्रकृया गरिएको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो । सियारी गाउँपालिकाको प्रत्येक वडामा मेलमिलाप केन्द्रको स्थापना गरिएको उहाँले जानकारी दिनु भयो । पालिका भित्र गर्भवती र सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य कार्यक्रम अन्तरगत स्वास्थ्य सुरक्षा तथा जगत जननी कार्यक्रम सुरु गरिएको उहाँले बताउनु भयो ।


प्रकाशित : २०७८ मंसिर २८, मंगलवार १७:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech