ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन माघ ८ गते बाँकेको नेपालगन्जमा हुने

लुम्बिनी दर्पण २०७८ पुष ६, मंगलवार १९:४१
[sharethis-inline-buttons]

पुस ६ गते
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन आगामी माघ ८ गते बाँकेको नेपालगन्जमा हुने भएको छ । एमालेले लुम्बिनी प्रदेश कमिटीले प्रदेश अधिबेशन नेपालगन्जमा सम्पन्न गर्ने निर्णय गरेको हो । एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पुर्ण बैठकले प्रदेश अधिबेशन सम्पन्न गर्नका लागि कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मुल व्यबस्थापन समिति समेत गठन गरेको छ । बैठकले प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउदै २ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, दलितका लागि १ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, हरेक ३ जना प्रतिनिधिमा १ जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपांगता भएकाहरु, जिफन्ट लगायतबाट पनि प्रतिनिधि हुने गरि मापदण्ड तयार पारिएको छ ।
प्रदेश अधिवेशनका लागि लुम्बिनीका १२ वटै जिल्लाले यहि पौष २८ गते एकैदिन मापदण्डअनुसार प्रतिनिधि चयन गर्नुपर्नेछ । बैठकले प्रदेश अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन तयारीका लागि प्रदेश अध्यक्ष राधाकृष्ण कडेलको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, राधाकृष्ण कडेलको संयोजकत्वमा बालकृष्ण पाण्डे लगायत ७ सदस्यीय कार्यालय तथा प्रतिनिधि ब्यबस्थापन समिति, उपसचिव लिला रानाको संयोजकत्वमा प्रचारप्रसार समिति, उपसचिव दुर्गा थारुको संयोजकत्वमा मञ्च ब्यबस्थापन र परिचालन समिति, निरक गुरुङको संयोजकत्वमा आवास तथा खाद्य व्यवस्थापन समिति, आरति पौडेलको संयोजकत्वमा अतिथि सत्कार समिति बाबुराम भट्टराईको संयोजकत्वमा स्वास्थ्य समिति, लक्ष्मण आचार्यको संयोजकत्वमा आर्थिक समिति समेत गठन गरिएको छ । बैठकले यहि पौष २३ गते देशभर एकैसाथ सम्पन्न हुन गईरहेका जिल्ला अधिवेशनहरुलाई ब्यवस्थित र प्रभावकारी बनाउन पौष ७ गते बर्दिया, पौष ८ गते गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पा, पौष ९ गते रुपन्देही, पाल्पा, बाँके र पौष १० गते नवलपरासी, कपिलवस्तु र रुकुम पुर्वमा बैठकको आयोजना गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ । जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनौटको मापदण्ड भने जिल्ला कमिटि आफैले तय गर्ने एमालेले जनाएको छ । बैठकले जिल्ला अधिवेशनभन्दा पहिलै टोल कमिटिहरुको भेला र कमिटी निर्माण, मतदाता नामावली अद्यावधिक, अन्य पार्टीबाट एमालेमा प्रवेश गर्न चाहनेहरुको अभिलेख तयार गर्न जिल्ला पार्टीलाई सर्कुलर गर्दै जिल्ला अधिवेशनहरु भब्यताका साथ सम्पन्न गर्न निर्देशन गरेको छ । एमाले लुम्बिनी प्रदेश संगठन कमिटीका अध्यक्ष राधाकृष्ण कडेलको अध्यक्षतामा सम्पन्न बैठकलाई एमाले महासचिव शंकर पोख्रेल, एमाले सचिव तथा लुम्बिनी ईन्चार्ज छबिलाल बिश्वकर्माले सम्बोधन गरेका थिए।
बैठकमा एमाले पोलिट्ब्युरो सदस्यहरु दल बहादुर राना, बैजनाथ चौधरी, लिला गिरि, दधिराम न्यौपाने, खिमलाल भट्टराई, खेममान खड्का, ठाकुर गैरे, सुर्य थापा, नरुलाल चौधरी, सुजिता शाक्य, शान्ता चौधरी, केन्द्रीय सदस्यहरु, सल्लाहकार परिषद र विभिन्न आयोगका सदस्यहरुको आतिथ्य रहेको थियो ।

 


प्रकाशित : २०७८ पुष ६, मंगलवार १९:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech