
पौष १०, परासी
नेपाली कम्युनिष्ट आन्दोलनको निरन्तरताको जिम्मेवार अंग नेकपा एमाले भएको पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले कम्युनिष्टको नाममा विकृति र विचलन ल्याउनेहरुले कम्युनिष्ट पार्टीको बदनाम गरेको उल्लेख गर्दै एमालेले त्यस्ता गलत प्रवृतिको विरुद्धमा आफुलाई शसक्त रुपामा उभ्याएको बताउनु भयो । पार्टीको नवलपरासी जिल्ला कमिटी वैठकमा बोल्दै विश्वकर्माले अहिलेको एमाले साविकको नेकपाको निरन्तरताको अंग रहेको दावी गर्नु भयो । पार्टी लुम्बिनी प्रदेशका ईन्चार्ज समेत रहनु भएका विश्वकर्माले कम्युनिष्ट आन्दोलनका विरुद्धमा लाग्नेहरु पार्टीबाट बाहिरिएको बताउदै उनीहरुको बहिरगमनले पार्टीलाई कुनै प्रभाव नपर्ने ठोकुवा गर्नु भयो । एमालेले लिएको सोच र विचारबाट विपक्षीहरु अतालिएको बताउदै विश्वकर्माले पार्टीलाई थप शसक्त बनाउन कार्यकर्ताहरु प्रतिवद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भयो । विश्वकर्माले भन्नू भयो” पार्टी संगठनलाई अराजकता बाट जोगाउन कार्यकर्ताहरुले विशेष ध्यान दिनु पर्दछ । ” विविधतालाई एकतामा परिणत गरि आपसी विश्वासको संकटलाई अन्त्य गर्नु पर्ने औल्याउदै उहाले उन्नत र विकशित समाज निर्माणमा लाग्न सवै कार्यकर्ताहरुलाई प्रेरित गर्नु पर्ने बताउनु भयो । एमालेले बोकेको सुखी नेपाली र सम्वृद्ध नेपाल भन्ने लक्ष्य राष्ट्रिय आकङ्क्षाको रुपमा रुपान्तरित भएको उल्लेख गर्दै विश्वकर्माले एमालेको अगुवाईबाट मात्रै राष्ट्रको सम्वृद्धी संभव रहेको दावी गर्नु भएको थियो । पार्टीका नवलपरासीका अध्यक्ष तुल्सी प्रसाद पासीको अध्यक्षता, उपाध्यक्ष डोलराज भण्डारीको स्वागत र सचिव थानप्रसाद गैरेको सन्चालनमा भएको वैठकमा पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सह-इन्चार्ज वैजनाथ चौधरी, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सरिता खनाल, लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतले बोल्नु भएको थियो । वैठकले पुस २३ गते पार्टीको जिल्ला अधिवेशन बर्दघाटमा सम्पन्न गर्ने निर्णय गरेको छ । वैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न समिती गठन गरेको छ । त्यसै गरि अधिवेशनमा ५ सय २८ जना प्रतिनिधि सहभागी हुने पार्टीका जिल्ला उपसचिव राजन आचार्यले जानकारी दिनु भएको छ ।