आजबाट संसद् अधिवेशन अन्त्य गरिँदै हुदैँ

 

लुदअ,काठमाडौं, बैशाख ६

प्रतिनिधि सभाको अधिवेशन आजदेखि अन्त्य हुने भएको छ।सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज दिउँसो १ बजेदेखि चालु हिउँदे संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भूमिसुधार मन्त्री शिवमाया तुम्बाहाङ्फेले बताइन।

मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ।मन्त्रिपरिषद्को सिफारिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्यको घोषणा गर्नेछिन्।

गत फागुन ११ गते पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो। तर यसबीचमा विधेयक पासलगायत कुनै काम संसदले गर्न नसकेपछि सरकारले अधिवेशनै अन्त्यको निर्णय गरेको हो।आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेस हुने भएकाले बर्खे अधिवेशन छिटै आह्वान हुनेछ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *