
लुदअ काठमाडौं , बैशाख ६
नेकपा एमाले सोमबार बालुवाटारमा बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउने ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । माधवकुमार नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अन्तिम चेतावनीपूर्ण स्पष्टीकरण सोधिएको हो। त्यसैगरी कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला,कुर्मराज शाही,नन्दसिंह बुढा र अमरबहादुर थापालाई पनि दुई दिन भित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको छ।
उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने निर्णय भएको ढुंगेलले जानकारी दिउ । स्पष्टीकरणको जवाफ प्राप्त भएपछि नेताहरूमाथि विधानबमोजिम थप कारवाही हुने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन । बैठकमा माधवसमूहका नेताहरु उपस्थित भएका थिएनन्। बैठकमा अध्यक्ष ओलीले ३२ पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

