एमालेका सांसदले गर्दा गण्डकी प्रदेशको सभा रोकियो

ByLumbini Darpan Online

१४ बैशाख २०७८, मंगलवार १०:२२ १४ बैशाख २०७८, मंगलवार १०:२२ १४ बैशाख २०७८, मंगलवार १०:२२

काठमाडौं, बैशाख १४

नेकपा एमालेलेका सांसदद्धारा गण्डकी प्रदेश सभाको बैठक अबरुद्ध भएको छ ।मंगलबार बसेको बैठकमा पीसीआर परीक्षण गर्न माग गर्दै बैठक अवरोध गररिएको हो।नेकपा एमालेका गण्डकी प्रदेश सांसद राजिव पहारीले पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन माग राखे।गण्डकी प्रदेश सभामा बोल्दै उनले कोरोना महामारीको समयमा कास्कीमा पनि निषेधाज्ञा जारी भइसकेको अवस्थामा सुरक्षाका मापदण्ड अपनाएर मात्र प्रदेश सभा चलाउन आग्रह गरे।कतिपय सांसदहरु दिर्घरोगिसमेत भएको अवस्थामा पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन उनले अनुरोध गरे।

सभामुख नेत्रनाथ अधिकारीले भने यसअघि कार्यव्यवस्था समितिबाट सहमतिमा कार्यसूची तय गरिएकाले अवरोध नगर्न आग्रह गरेका छन्।तर, एमालेका सांसदहरु विरोध गरिरहेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *