सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भ

[sharethis-inline-buttons]

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी (सिनियर डिभिजनल इञ्जिनीयर) सौरभ बज्राचार्यले बताए । ठेक्का प्रक्रियामा रहेकामा ‘फाइनान्सियल ओपनिङ’ बाँकी आगामी माघ २० गते हुने बताइएको छ । देशकै पहिलो सुरुङका रुपमा रहेको नागढुङ्गा सुरुङको उद्देश्य सडकको लम्बाइ घटाउनु र सवारी चाप कम गर्नु हो । यो सुरुङको पहिलो उद्देश्य सिद्ध बाबामा वर्षेनी हुने पहिरोका जोखिम कम गर्नु नै रहेको सिनियर डिभिजनल इञ्जिनीयर बज्राचार्यले बताए ।


प्रकाशित : २०७८ माघ १०, सोमबार १८:०८