माघ १४,
नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले गठबन्धन सरकारले संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । नेता विष्टले समाजिक संजालमार्फत निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सत्ता गठबन्धनले लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको बताउनुभएको हो । आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने भन्दै नेता विष्टले लोकतान्त्रिक अभ्यासबाट कोही भाग्न नमिल्ने बताउनुभएको छ । पूर्वमन्त्री समेत रहेका विष्टले संविधानको कार्यान्वयनलाई मध्यनगर गरी अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्नुभएको छ ।
सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्र गरेको एमालेका सचिव विष्टको आरोप
प्रकाशित : २०७८ माघ १४, शुक्रबार १७:५४
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech