तम्घास संवाददता
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध राष्ट्रिय जनमोर्चाले गुल्मीको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजारमा बृहत मसाल जुलुस निकालेको छ ।
राजमो नेता रामकुमार क्षेत्रीले उक्त मसाल जुलुसको नेतृत्व गरेका थिए । मसाल जुलुसपछि आयोजित विरोध सभामा बोल्दै नेता क्षेत्रीले एमसीसी राष्ट्रघाती सम्झौता भएकोले तुरुन्तै खारेज गर्नुपर्ने बताए ।
राजमो कालीगण्डकी गाउँपालिकाका अध्यक्ष गंगा केसीको अध्यक्षता तथा युवक संघ कालीगण्डकीका अध्यक्ष मेघराज शर्माको स्वागतबाट अघि बढेको विरोध सभाको सञ्चालन घनश्याम ढकालले गरेका थिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सदस्य पूणर् बहादुर थापाले पनि मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चा सत्यबती गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र खैरेनीमा पनि मसाल जुलुस तथा विरोध सभा सम्पन्न भएको छ ।
सभालाई नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरले सम्बोधन गरेका थिए । विरोध सभामा राष्ट्रिय जनमोर्चाका पालिका नेताहरु कमल पुलामी, मित्रलाल तरामु मगर, नेत्र राना लगायत नेता कार्यकताहरुको उपस्थिति थियो






















