ताजा अपडेट

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पदबाट राजीनामा नदिने जनप्रतिनिधि उम्मेदवार हुन नपाउने

Lumbini Darpan 2 २०७८ फाल्गुन ५, बिहीबार ०७:२४
[sharethis-inline-buttons]

लुदअ ५ फागुन, काठमाडौं
स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरूले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् ।

स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचार संहितामा पनि समावेश गरेको हो । आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरू स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

‘अहिलेका जनप्रतिनिधि पदमा बहाल भएको अवस्थामा मतदातालाई प्रभावित पार्न योजना र बजेटमा चलखेल गर्ने र अनि स्थानीय तहको शक्ति र पहुँचको पनि दुरुपयोग गर्ने जोखिम देखियो’ निर्वाचन आयोग उच्च स्रोतका अनुसार, ‘स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आचारसंहितामा समावेश गर्न खोजिएको हो ।’ आयोगले आन्तरिक रुपमा निर्माण गरिसकेको मस्यौद केही दिनमा प्रमाणिकरण गर्ने तयारी छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ मा तीनवटै तहमध्ये कुनैको स्वामित्व, नियन्त्रण वा अनुदान पाउने गरी पदमा बहाल रहेको वा संस्थाबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ । त्यही व्यवस्था अनुसार आचारसंहितामा राजीनामाको व्यवस्था गरिएको हो ।

आयोगका एक पदाधिकारीका अनुसार, जनप्रतिनिधिले उम्मेदवार दर्ताका क्रममा राजीनामा पत्र दर्ता गरेको निस्सासमेत प्रमाणको रुपमा पेस गर्नुपर्नेछ ।

निर्वाचन आयोगले सुरु गरेको यस्तो मापदण्डले एकदेखि तीन सातासम्म स्थानीय तहका कतिपय पदहरू जनप्रतिनिधिविहीन हुने जोखिम बढ्छ । पदमा बहाल रहेका सबै जनप्रतिनिधिहरू फेरि दोहोर्‍याएर उम्मेदवार बन्न चाहेमा राजीनामाका कारण स्थानीय तह रिक्त नै हुन्छ । त्यसैले कतिपयले संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने परिकल्पना नगरेकाले उम्मेदवार बन्न बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधान अनुचित रहेको बताउँछन् ।

निर्वाचन आयोग भने यो तर्कमा सहमत छैन । तर, निर्वाचन आयोग भने यस्तो तर्कको खण्डन गर्छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार कुनै स्थानीय तहको प्रमुखले उम्मेदवार बन्न चाहे उपप्रमुख हुन्छ । प्रमुख र उपप्रमुख दुवै उम्मेदवार बन्न चाहे अरु कार्यपालिका सदस्यले स्थानीय तहको कामकारबाही सम्हाल्छन् । उनी भन्छन्, ‘उम्मेदवार बन्न बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधान राख्दा स्थानीय तह जनप्रतिनिधिविहीन हुँदैन ।’

राष्ट्रिय सभा सदस्य एवं कानुनविद् राधेश्याम अधिकारी निष्पक्ष निर्वाचनका लागि स्थानीय तहका जनप्रतिनिधिको राजीनामाबारे छलफल हुनु स्वभाविक बताउछन् । ‘ऐनको व्यवस्था जनप्रतिनिधिमा लागू हुँदैन, तर पदमा बहाल रहँदा चुनाव प्रभावित हुने गरी पदको उपयोग वा दुरुपयोग हुने खतरा भएकाले राजीनामाको कुरा आएको हुनसक्छ’ उनी भन्छन्,’चुनाव स्वच्छ तरिकाबाट भयो भने लोकतन्त्रकै हित हुन्छ ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको विचारमा, आयोगले सुरु गरेको यो व्यवस्थाले यसअघि २०७४ सालको पहिलो नभई दोस्रो र तेस्रो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू मात्रै प्रभावित हुनेछन् । उनको दाबीमा ३० वैशाखलगत्तै जनप्रतिनिधिहरूको पदावधि सकिने भएकाले राजीनामा गराउँदा खासै फरक पर्दैन ।

निर्वाचन प्रक्रिया सुरु भइसकेपछि मात्रै उम्मेद्वारी घोषणा हुने हुँदा छोटो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा खासै फरक नपर्ने उप्रेतीको तर्क छ । ‘बहालवाला जनप्रतिनिधिहरूले पनि निर्वाचन प्रक्रिया सुरु भइसकेपछि उम्मेद्वारी घोषणा गर्ने हो । प्रक्रिया सुरु भएको एक महिनाभित्र नयाँ जनप्रतिनिधि आइसक्छन्’ उनले भने, ‘त्यो अवधिमा जनप्रतिनिधिले राजीनामा दिंदा केही फरक पर्दैन ।’

तर कतिपयको विचारमा, जनप्रतिनिधिहरूको राजीनामा आएपछि मात्रै उम्मेदवार दर्ताको अनुमति दिनु गलत हो । वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी अहिलेको स्थानीय तह निर्वाचन ऐन अनुसार जाँदा स्थानीय तह जनप्रतिनिधिविहीन हुने भएकाले ऐन संशोधन हुनुपर्ने बताउछन् । ‘स्थानीय सरकारलाई पनि संघ र प्रदेशको जस्तै म्याद सकिएपछि चुनावसम्मको लागि काम चलाउ सरकार बनाउन आवश्यक छ’ उनले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि नहुँदा फेरि भद्रगोल हुनसक्छ ।’

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल राजीनामाको व्यवस्थाले केही समय स्थानीय तहका केही पदहरू जनप्रतिनिधिविहीन हुनसक्ने स्वीकार्छन । उनका अनुसार, आयोगमा विभिन्न कोणबाट छलफल भएको छ । उनी भन्छन्, ‘कानुनी दृष्टिकोणबाट सरकारी सुविधा लिइरहेको व्यक्ति उम्मेद्वार हुन नपाउने प्रसंगमा यो विषय उठेको हो ।’


प्रकाशित : २०७८ फाल्गुन ५, बिहीबार ०७:२४

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

भर्खरै

  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

  • चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech