ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

लुम्बिनी दर्पण डेस्क २०८२ चैत्र ४, बुधबार १२:३६
[sharethis-inline-buttons]

अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौतीहरू रहेको बताएका छन् । बुधबार नागरिक लगानी कोषको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले मुलुकका सामु सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौतीहरू छन् । हामीसँग भएका निष्क्रिय लगानीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न सकेका छैनौँ । मध्यपूर्वकमा जारी युद्धले हाम्रो आपूर्ति श्रृखला अवरुद्ध हुने, आयातित वस्तुहरूको मूल्य बढ्ने र हाम्रो उत्पादनको लागत पनि बढ्न जाने देखिन्छ । यस्तो अवस्थामा द्रुत गतिमा निर्णय गर्नु पर्ने अवस्था समेत छ ।’

अर्थमन्त्री खनालका नजरमा सूचकहरू राम्रा छन् तर यो पर्याप्त छैन । जबसम्म मुलुकमा रोजगारी सिर्जना हुँदैन, निष्क्रिय पुँजीको लगानी उत्पादनशील क्षेत्रमा हुँदैन, लगानीकर्ताको हातमा पुँजी जाने बाटो सहज हुँदैन र लगानीकर्ता हले आत्मविश्वास कायम गर्दैन भने सूचक हेरेर खुशी हुनुको अर्थ रहँदैन ।त्यस्तै, उनले निक्षेपको विकल्प खोज्नै पर्ने भएको बताएका छन् । ‘निक्षेपको विकल्प खोज्नै पर्ने भएको छ । यसबारे हामीले पटक पटक छलफल गरेका छौँ’, अर्थमन्त्री खनालले भने, ‘दीर्घकालीन वित्तीय उपकरणहरू बजारमा उपलब्ध गराउने, बजारलाई पनि दीर्घकालीन वित्तीय उपकरणहरू उत्पादन गर्ने र बजारमा ल्याउन एउटा नीतिगत व्यवस्था गर्न सकियो । त्यस्ता संस्थाहरू जन्म दिन सकियो भने जसको दायित्वको अवधि लामो हुन्छ उसको सम्पत्तिको अवधि पनि त्यतिकै लामो हुनुपर्छ । यसमा मिसम्याचको अवस्था हुनुहुँदैन ।’

अर्थमन्त्री खनालले पेन्सन फण्ड म्यानेजमेन्ट कम्पनीहरूलाई सम्पत्ति दायित्व व्यवस्थापन गर्ने क्रममा मिसम्याचको समस्या, असामञ्जस्यको समस्या र असन्तुलनको समस्याहरू देखिएको बताए । यस्ता समस्या समाधान गर्नका लागि सरकारले ऋणपत्रहरू जारी गर्नुपर्ने र त्यो शुरु भइसकेको समेत उनले जानकारी दिए ।

दीर्घकालीन लगानीमा जोड दिनुपर्ने अर्थमन्त्रीको भनाई छ । उनले भने, ‘अहिले वित्तीय बजारमा तरलताको प्रचुर छ । ब्याजदर ऋणात्मक हुन गएको छ । यस्तो अवस्थामा दीर्घकालीन लगानी बढाउनु पर्छ ।’

त्यस्तै, सरकारी स्वामित्वका संस्थाहरू लामो समयसम्म सवलरुपमा सञ्चालन हुन नसक्ने अवस्था नेपालमा रहेको उनले गुनासो गरे । अर्थमन्त्री खनालले भने, ‘सरकारी स्वामित्वका वित्तीय संस्थाहरूलाई ३५ वर्ष पुग्नु अगावै सरकारले उद्धार गर्नु परेको अवस्था छ । राष्ट्रिय वाणिज्य बैंकलाइ दुई पटक उद्धार गर्नु पर्‍यो । त्यो पनि दातृ निकायसँग ऋण लिएर । कृषि विकास बैंकलाई पनि उद्धार गर्नु परेको थियो । तर, अहिलेसम्म नागरिक लगानी कोष सवल वित्तीय अवस्था लिएर साढे तीन दशकको यात्रा पार गरिसकेको छ ।’

अवकाश कोषमा लागेको करको सम्बन्धमा पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको अर्थमन्त्रीले बताए । उनले भने, ‘अवकाश कोषमा लागेको करको समानता अथवा करको सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ भन्ने कुरा ठिक हो । समान प्रकृतिको आम्दानीको निमित्त, सामाजिक सुरक्षाको निमित्त दिएको रकमको निमित्त र न्यून दर कायम गर्ने, समान गर्ने भन्ने विषयवस्तुमा निश्चित रूपमा नीतिगत तहमा बहस गर्न मुनासिब उपयुक्त विषय हो ।’

त्यस्तै, अर्थमन्त्री खनाले आउँदो हप्ताभित्रमा नयाँ सरकार गठन भइसक्ने समेत उनले जानकारी दिए । शुक्रबारसम्म आफू पनि अर्थ मन्त्रालयबाट बाहिरिइसक्ने उनले जानकारी दिए ।


प्रकाशित : २०८२ चैत्र ४, बुधबार १२:३६

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण
  • घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता
  • मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने
  • चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech