ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्थानीय तहको चुनाव आउन दुई महिना बाँकीः दलहरु चुनाव केन्द्रित अभियानमा

Lumbini Darpan 2 २०७८ फाल्गुन ३०, सोमबार ०७:२२
[sharethis-inline-buttons]

लुदअ फागुन ३०, काठमाण्डौ
स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् ।

नेपाली कांग्रेसले हिजोदेखि घरघर पुग्ने अभियान सुरु गरेको छ । एक महिनासम्म चल्ने अभियानमा गाउँ घरमा पार्टीको अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउने कांग्रेसले जनाएको छ । अभियानका लागि कांग्रेसले सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाएको छ ।

यस्तै एमालेले पनि चुनाव केन्द्रित कार्यक्रम थालिसकेको छ । एमालेका केन्द्रीय नेताहरू केही दिनदेखि नै देशदौडाहमा व्यस्त देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ विभिन्न जिल्लामा भएको कार्यक्रममा सहभागी भइरहनुभएको छ । केही दिनभित्रै औपचारिक रुपमा चुनाव केन्द्रित अभियान सुरु हुने एमालेले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले पनि गाउँठाउँमा चुनाव केन्द्रित अभियान थालिसकेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भइरहेका छन् । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले पनि ठाउँठाउँमा चुनाव केन्द्रित अभियान सुरु गरेको छ ।

छिटै चुनावी रणनीति बनाएर अघि बढ्ने एकीकृत समाजवादीले जनाएको छ । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले पनि औपचारिक रुपमा चुनाव केन्द्रित अभियान सुरु गर्ने तयारी गरेका छन् ।

सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको कुरा भइरहे पनि निर्णय भइसकेको छैन । माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेलमा जोड दिए पनि कांग्रेसमा यसबारे मतभेद छ । एकथरी नेताहरु केन्द्रबाटै चुनावी तालमेलको निर्णय हुनुपर्ने पक्षमा छन् भने अर्काथरी नेताहरुले स्थानीय आवश्यकताअनुसार तालमेल गर्नुपर्ने बताउँदै आएका छन् ।

चुनावमा कसैसँग तालमेल नगरि एक्लै जानुपर्ने आवाज पनि कांग्रेसभित्र बलियो छ । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा ११० राजनीतिक दल दर्ता भए पनि ८० दलले मात्रै दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । आयोगले ७९ दललाई मात्र स्थानीय तह चुनावका लागि मान्यता दिएको हो ।


प्रकाशित : २०७८ फाल्गुन ३०, सोमबार ०७:२२

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech