ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बन्दै चुनावी माहोल, नेता कार्यकर्ता चुनावी गतिविधिमा होमिए

Lumbini Darpan 2 २०७८ चैत्र २, बुधबार ०८:०५
[sharethis-inline-buttons]

लुदअ चैत २, काठमाण्डौ
स्थानीय तहको चुनाव आउन दुई महिना मात्रै बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु तयारीमा जुटेका छन् ।

प्रमुख दलका नेता कार्यकर्ताहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । विपक्षी कार्यकर्ता र जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन होडबाजी नै चल्न थालेको छ । नेता कार्यकर्ता पुग्न थालेपछि गाउँ घरमा पनि चुनावी माहोल देखिन थालेको छ । गाउँ घरमा पार्टीका झण्डा टाँग्न थालिएको छ । चिया पसलहरुमा चुनावको गफ हुन थालेको छ । दलहरु चुनावमा तालमेल गर्ने नगर्ने भन्ने विषयमा छलफलमा छन् ।

चुनावसम्म सत्ता गठबन्धनलाई निरन्तरता दिने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको तयारी भए पनि यस विषयमा नेपाली कांग्रेसमा सहमति बनिसकेको छैन । गठबन्धन बारे कांग्रेसमा दुई मत छ । नेता शेखर कोइराला पक्षले कांग्रेस एक्लैले चुनाव लड्नु पर्नेमा दबाब दिइरहेका छन् भने नेता रामचन्द्र पौडेल पक्षले गठबन्धनलाई जोड दिएका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन बनाएर जाने कि एक्लै जाने भन्ने विषयमा यो महिनाको तेस्रो हप्ता बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउने बताउनुभयो ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि चुनाव केन्द्रीत कार्यक्रम गर्न थालेको छ । एमालेले महानगर, उपमहानगरका मेयर र उपमेयरका उम्मेदवार केन्द्रबाटै तय गर्ने भएको छ भने महानगर उपमहानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारको टुंगो प्रदेश कमिटिले लगाउने भएको छ ।

यसैबीच, ठूला दलसँगै साना दल पनि चुनावको तयारीमा जुटेका छन् । जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दलहरु चुनावी अभियानमा जुटेका छन् । सरकारले पनि चुनावी वातावरणलाई भयरहित बनाउन सुरक्षाका योजना बनाएको छ ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षतामा उच्चस्तरीय सुरक्षा समन्वय समिति गठन गरिएको छ भने सुरक्षा व्यवस्थापनमा सघाउन एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन समेत मागेको छ । इच्छुक व्यक्तिले आउँदो आइतबारदेखि ११ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिन पाउनेछन् ।


प्रकाशित : २०७८ चैत्र २, बुधबार ०८:०५

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech