ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पार्टी र मतदाताको पुल प्रेस चौतारी नेपाल हो: उपमहासचिव गुरूङ

Lumbini Darpan 2 २०७९ बैशाख ५, सोमबार १९:११
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आगामी स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको व्यापक प्रचारप्रसार गर्न प्रचार कार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टी र मतदाताहरूको पुलको रूपमा प्रेस चौतारी नेपालले भूमिका निर्वाह गर्नुपर्ने भन्दै गुरूङले एमालेविरूद्ध चौतर्फी घेराबन्दी र भ्रामक प्रचार भइरहँदा पनि प्रेस चौतारीले त्यसको खण्डन गर्न नसकेको बताए।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले कपिलवस्तुको जितपुरमा सोमबार आयोजना गरेको प्रचार भेलालाई सम्बोधन गर्दै पार्टीको प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव गुरूङले प्रचार कार्यकर्ताहरूले पार्टी विरूद्धका भ्रामक प्रचारहरूको खण्डन गर्दै जनतालाई सही सूचना दिनुपर्ने बताए।

उनले एमाले विरूद्धका गलत र भ्रामक प्रचारहरूलाई मेटाउन प्रचार कार्यकर्ताहरूले पनि नसकेको भन्दै अब त्यस्ता भ्रामक प्रचारलाई मेट्ने गरी लाग्न आग्रह गरे।

समृद्ध नेपाल, सुखी नेपालीको नारा एमालेको गन्तव्य रहेको भन्दै नारामा भएजस्तो काम गरेको छ छैन भनेर खबरदारी गर्ने दायित्व पनि प्रचार कार्यकर्ताहरूको रहेको उनले बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली एमालेको नारा हो, नारामा भनिएजस्तो काम भएको छ कि छैन भनेर जनताले कसरी थाहा पाउने ? जनतालाई त्यसबारेमा थाहा दिने भनेको प्रचार कार्यकर्ताले हो,’ उनले भने,‘एमालेले धेरै काम गरेको छ तर जनतालाई थाहा दिएको खोई ?

एमालेको संगठन र कार्यशैलीप्रति अरू राजनीतिक दल र संघरसंगठनहरूले समेत ईर्श्या गर्ने गरेको उल्लेख गर्दै गुरूङले एमालेको सुदृढ संगठन र कार्यशैलीलाई कमजोर हुन दिन नहुने बताए।

उनले प्रविधिको युगमा एमाले र प्रचार कार्यकर्ताहरू प्रविधिमैत्री हुनुपर्ने भन्दै प्रविधिमैत्री हुन नसके पार्टीले गरेका कामहरूको प्रचार प्रसार गर्न पनि नसकिने बताए।

‘अहिलेको जमाना प्रचारको जमाना हो, अहिलेको जमाना बोल्न जान्नेको पिठो बिक्ने र बोल्न नजान्नेको चामल पनि नबिक्ने जमाना हो, प्रचार नहुँदा एमालेको बासमतीको चामल पनि बिकेको छैन यहाँ सडेको पिठो बिक्री गरिरहेका छन्,’ गुरूङले भने।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, पोलिटब्युरो सदस्य एवं राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरे लगायतले निर्वाचनको बेला प्रचारको कामलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए।

लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रेस चौतारीका सदस्यहरूको सहभागिता रहेको प्रचार भेलाले ९ बुँदे घोषणापत्र समेत जारी गरेको छ।

 


प्रकाशित : २०७९ बैशाख ५, सोमबार १९:११

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech