लुदअ बैशाख १२, ललितपुर
ललितपुर महानगरपालिकाको मेयर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
श्रेष्ठले केहीबेरअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेलमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले महर्जनलाई ललितपुरको मेयरमा दोहोर्याउने निर्णय गर्नुभएको थियो ।
यसअघि २०७४ सालको चुनावमा महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई तीन सय २६ मतले पराजित गर्नुभएको थियो ।




















