लुदअ, कपिलवस्तु
मतदाताको निर्वाचन सम्बन्धि अधिकार सुनिश्चित गर्न र्याली तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलवस्तु तथा भिडीआरसीको संयुक्त आयोजनार्मा स्वच्छ, स्वतन्त्र, मर्यादित र भय रहित वातावरणमा मतदान सम्पन्न गरौं’ भन्ने नाराका साथ एक कार्यक्रमको आयोजना गरि तौलिहवा स्थित तिलौराकोट होटलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा एडव्लुसीका संयोजक मायाँ ज्ञवालीले बैशाख ३० गते हुने निर्वाचनर्मा स्वच्छ , स्वतन्त्र , मर्यादित र भय रहित वातावरणमा मतदान गर्न सम्पुर्णलाई आग्रह गर्दै हाम्रोलाई भन्दा पनि राम्रो ब्यक्तीलाई चुन्न आवश्यक देखिएको बताईन् । मतदाताहरुका लागि मतदान शिक्षाको जरुरी देखिएको बताउँदै मतदान शिक्षा नपाएकै करण धेरै मत बदर हुँदै आउनुमा शिक्षाको कमी भएको बताईन् । उनले मतदान गर्ने अधिकार सबैको छ कसैले कसैलाई बाध्यतामा राखेर मतदान नगराउन समेत आग्रह गरिन् ।
यस्तै बरिष्ठ महिला अधिकारकर्मी तथा निगरानी समूहका जिल्ला संयोजक पुष्पा रेग्मीले निर्वाचन स्वच्छ , स्वतन्त्र , निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गर्न सबैले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने बताईन् । चुनावी प्रचार प्रसारमा कुनै पनि पर्टीले आचार संहिता उल्लंघन गरेमा जानकारी गराउन आग्रह गरिन् । हाल सम्म संबिधानमा उल्लेख गरिएका अधिकारहरु नागरिकले प्राप्त गर्न नपाएको बताईन् । उनले अव आउने सरकारलाई वा स्थानियतहलाई सौन्दर्य बनाउन र आवश्यक समस्याहरुको संबोधन गर्न असल नेतृत्वको आबश्यक देखिएको बताईन् ।
एडब्लुसीका सचिव जियाउल हक मनिहारले स्थानिय तहले बिगत पाँच बर्षमा जनप्रतिनिधीहरुले गेरका कार्यहरुको बिषयमा देखेका कुराहरु जानकारी दिंदै बैशाख ३० गते हुने निर्वाचन स्वच्छ हुनुपर्ने र कसैको प्रलोभनमा पर्न नहुने बताए । राज्यले दिएको अधिकार समेत आम नागरिकहरुले प्राप्त गर्न नपाएको हुँदा अब एक असल ब्यक्तीलाई छनौट गर्न आबश्यक देखिएको बताए ।
यसैगरी संचारिका समूहका अध्यक्ष तथा इन्सेक प्रतिनिधी पार्वती आचार्यले नागरिकहरुले पाउने अधिकार बाट कोही बञ्चित नहुनु पर्नेमा जोड दिईन । माहुरी होमले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै राज्यले संबिधानमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार लगाएत महिला तथा बालबालिका, अपाङ्गता, सिमान्तकृत समुदाय, मुश्लिम, यौनिक तथा अल्पसंख्यक लगाएतका वर्गका समस्याहरुलाई समेटी समाधान हुने खालको निती बनाउने र कार्यान्वय गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पाँच वटा समूहमा छलफल गर्दा पाँच बर्षमा स्थानिय सरकारले कस्ता कार्यहरु संचालन गरे र अव बैशाख ३० पछि आउने स्थानियतहको सरकारले के कस्ता निती निर्माण गरी कार्यहरु संचालन गर्दा महिला, बालवालिका, किशोर किशोरी, अपाङ्गता, अल्पसंख्यक, सिमान्तकृत र जेष्ठनागरिकहरुका समस्याहरु समावेश गर्न सकिन्छ भन्ने लगाएतका बिषयमा समूहहरु बिच छलफल भएको थियो । समूहको छलफलमा आएका सुझावहरुलाई संबन्धित निकायमा पु¥याउने माहुरी होमका अध्यक्ष प्रेम जैसवालले बताए ।
माहुरी होम देखि प्लेकार्डहरु सहित निकालिएको ¥यलीमा सबैको सुनौ, बसैलाई जानौं, निर्णय आफ्नो मनको गरौ, सबैको मतदान मूल्यवान छ, निर्वाचनको पूर्ण रुपमा पालना गरौं निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेर्ला कारवाही गरौं, कुनै पनि प्रलोभनमा नपरी मतदान गरौं लगाएतका नाराका प्लेकार्डहरु सहित जिल्ला प्रशासन कार्यालय, चौक बजार अदालत टोल कारागार र भिक्षुचौक हुँदै तिलौराकोट होटलमा पुगेर कोणसभामा परिणत भई कार्यक्रम सम्पन्न भएको थियो ।
माहुरी होम कपिलवस्तुका अध्यक्ष प्रेम जैसवालको अध्यक्षतामा माहुरी होमका वरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुरको स्वागत मन्तब्य तथा संस्थाका सदस्य बसन्त बञ्जाडेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा माहुरी होमका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठ, महिला अधिकारकर्मी प्रेमलता, भट्ट जय प्रकाश पाण्डेय, साथी सस्थाका प्रमुख बिमला घिमिरे, संचारीका समूहका महासचिव सारदा केसी, संचारकर्मीहरु, सुरक्षाकर्मीहरु, किशोरी समूहका प्रतिनिधीहरु, युवा संजालका प्रतिनिधीहरु लगाएको सहभागिता रहेको थियो ।




















