लुदअ, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्विनी प्रदेश कमिटीले लुम्विनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई मन्त्रीपदबाट बर्खास्त गरेर कानूनको दायरामा ल्याउन माग गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्विनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले एक बिज्ञप्ती जारी गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले सर्वसाधारणको घरमा पुगी महिला र वालवालिका माथी गरेको दुर्व्यवहार प्रति राप्रपा लुम्बिनी प्रदेशको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
उदयले बिज्ञप्तीमा अगाडी भनेका छन् सरकारको मन्त्री जस्तो जिम्मेवार सार्वजनिक पदमा रहेको व्यक्तिबाट आचरणहीन व्यवहार गर्दा समेत मुख्यमन्त्री तथा प्रदेश सरकारको मौनता र स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल बर्खास्त गरी कार्वाही गर्नुको साटो अपराधीलाई ढाकछोप गर्ने प्रयास लज्जाको बिषय बनेको छ।
उदयले बिज्ञप्तीमा यस्तो गैरजिम्मेवार कार्यप्रति खेद प्रकट गर्दै तत्काल स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई मन्त्री पदबाट बर्खास्त गरी कानुनी कार्वाहीको दायरामा ल्याउन लुम्बिनी प्रदेश सरकार संग राप्रपा लुम्बिनी प्रदेश जोडदार माँग गर्दछु भनेका छन् ।




















