ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मानव दूध बैंक -नवजात शिशुहरुको पोषणका लागि नविन प्रारम्भ

Lumbini Darpan 3 २०७९ भाद्र ३, शुक्रबार ११:४२
[sharethis-inline-buttons]

स्मृति पौडेल
भदौ ३,

शिशुको गुणस्तरीय पालन पोषण र दीर्घकालीन स्वास्थ्यमा स्तनपानको महत्वका बारेमा सायदै दुईमत रहला। आमाको दूध नवजात शिशुका लागि सम्पुर्ण आहार हो। यसमा रहेका पौष्टिक तत्व, प्रोटिन, भिटामिन साथसाथै विभिन्न संक्रमणविरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्ने इम्युनोग्लोबियुलिनु तथा अन्य तत्वहरु प्रशस्त मात्रामा रहेकाले शिशुका लागि पहिलो खोपका रुपमा लिइन्छ। तसर्थ, भनिन्छ ुस्तनपान अमृतपानु।

संसार भरमा प्रतिवर्ष स्तनपान मात्रले ५ वर्षमुनिका बालबालिकाहरुको मृत्युदरमा १३ प्रतिशतले कमी ल्याउने देखाएको छ। शिशु जन्मेको एक घण्टाभित्र नै सुरु गरिएको स्तनपान मात्रले नवजात शिशुको मृत्युदरमा २२ प्रतिशतले कमी ल्याउँछ। तसर्थ, विश्व स्वास्थ्य संगठनले शिशु जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराउनु पर्ने र ६ महिनासम्म अरु कुनै खानेकुरा वा पानी पनि नदिइकन स्तनपान मात्र गराउनुपर्ने सुझाव दिएको छ। नेपालमा पनि स्तनपानको महत्वलाई आत्मसाथ गर्दै राष्ट्रिय पोषण नीति, बाल तथा नवजात शिशु पोषण नीतिमा स्तनपानलाई बढावा दिइएको छ। यद्धपी, मानव दूधको सम्पूर्ण क्षमताको प्रयोग गर्न कैयौं चुनौतीहरु पनि छन्।

स्तनपानबाट सबै शिशुहरु उत्तिकै लाभान्वित भएता पनि सबै शिशुहरु भाग्यमानि हुँदैनन्। समय अगावै जन्म भएका, जन्मदा कम तौल भएका शिशुहरु तथा जन्मदै स्वास्थ्य जटिलता हुने अवस्था अथवा आमामा विभिन्न स्वास्थ्य समस्याका कारण स्तनपान गराउन नसक्ने वा नहुने तथा कतिपय अवस्थामा आमाको मृत्यु अथवा कुने कारणले गर्दा शिशुहरु स्तपानबाट वञ्चित रहने गर्दछन्। विभिन्न सर्वेक्षणहरुले यस्तो अवस्था शिशु सघन कक्ष विशेष नवजात हेरचाह कक्षमा भर्ना हुने १० मध्ये ४ शिशुहरुमा देखिने देखाएको छ। यस्तो अवस्थामा आमाको दूधको विकल्पमा बजारमा पाइने कृत्रिम दूधको प्रयोग गरिन्छ। जसले शिशुलाई आन्द्रा सम्बन्धी समस्या, सेप्सिस, श्वासप्रश्वास सम्बन्धी समस्या, विभिन्न संक्रमणको जोखिम तथा दुरगामी रुपमा शिशुको मस्तिष्कको तीक्ष्णतामा पनि प्रभाव पार्दछ। तसर्थ, शिशुको गुणस्तरीय पोषण र दीर्घकालिन स्वास्थ्यका लागि आमाको दूधको विकल्प छैन र हुनु पनि हुँदैन।

विभिन्न विकसित मुलुकहरुमा माथि उल्लेखित अवस्थाहरुका कारण आमाको दूधबाट विमुख हुनुपर्ने शिशुहरुलाई ुमानव दूध बैंकद्वाराु दाता मानव दूध उपलब्ध गराइन्छ। विश्व स्वास्थ्य संगठनद्वारा पनि बिरामी शिशुहरुक लागि सर्वोत्तम विकल्प दाता मानव दूध नै रहेको र यसलाई सर्वत्र र सुलभ ढङ्गले उपलब्ध गराइनुपर्छ भनेको छ। ुमानव दूध बैंकु नेपाली समाजका निम्ति नौलो रहेता पनि विश्वमा यसको इतिहास सय वर्षभन्दा पनि पुरानो रहेको छ। सन् १९०९ मा अष्ट्रियाको भियना सहरमा यस अभियानको सुरुवात भएको हो। यसपश्चात विभिन्न पश्चिमी मुलुकहरुमा यसको थालनी गरियो। सन् १९१९ मा अमेरिकाको बोस्टन सहरमा, सन् १९४० ताका संयुक्त अधिराज्य र सन् १९४७ मा ब्राजिलमा यसको सुरुवात भएको तथ्यहरु भेटिन्छन्। हाम्रै छिमेकी मुलुक भारतमा समेत आज भन्दा ३३ वर्ष अघि सन् १९८९ मा थालनी गरिएको थियो। हाल विश्वभर ५० भन्दा बढी राष्ट्रहरुले ६०० भन्दा बढी ुमानव दूध बैंकु हरु सफल तथा दिगो रुपमा संचालन गरी आफ्ना आमाको दूधबाट वञ्चित शिशुहरुलाई दाताबाट प्राप्त दूध सुरक्षित तवरले प्रदान गरिरहेका छन्।

मानव दूध बैंकु अस्पतालमा आधारित यस्तो किसिमको व्यवस्था हो जसले दाता आमाहरुमा दूधबाट सर्न सक्ने खालका रोगहरुको सम्पुर्ण जाँचपश्चात मात्र दूधको संकलन,शुद्धिकरणर निर्मलीकरण ९पाश्चाराइजेसन०, सुरक्षित भण्डारण र अन्त्यमा आवश्यकताका आधारमा वितरण गर्ने गर्छ। साथसाथै आमाहरुलाई स्तनपान गराउन सहयोग पुर्‍याइ अन्ततः स्तनपानलाई प्रवर्द्धन गर्न भुमिका पनि निर्वाह गर्दछ। सेवालाई सुदृढ गर्नका लागि अस्पतालमा आधारित बृहत स्तनपान व्यवस्थापन केन्द्रको अवधारणा विभिन्न मुलुकहरुमा अपनाइएको छ। यो पद्दतिले बृहत स्तनपानको प्रवर्द्धन नीति कार्यान्वयन गर्न वातावरण तयार गर्नुका साथसाथै राष्ट्रमा स्तनपानको महत्वलाई जनमानस स्तरमा पुर्‍याइ दाता आमाहरुको संख्यामा वृद्धि तथा आवश्यकतामा रहेका अधिकांश शिशुहरुसम्म प्राणदायी मानव दूधको दीर्घकालिन पहुँच बढाई एउटा मजबुत चक्रको निर्माण गर्न सहयोग पुर्‍याउँछ।

सुरक्षित तवरबाट प्रदान गरिएको मानव दूध बजारमा पाईने कृत्रिम दूधका तुलनामा कैयौं फाईदाहरु रहेका छन्। विश्वभर गरिएका विभिन्न सर्वक्षणहरुले जोखिमयुक्त शिशुहरुमा दाता मानव दूधको सकारात्मक प्रभावहरु प्रमाणित गरेका छन्। जन्मदा कम तौल भएका शिशुहरुमा पहिलो २८ दिन भित्र हुने संक्रमणको जोखिमलाई १९ प्रतिशत कम गरेको, समय अगावै जन्मेका शिशुहरुमा आन्द्राको समस्या ७९ प्रतिशतले कम गरेको, समय अगावै जन्मने बच्चाहरुमा आँखाको ज्योति गुम्न सक्ने सम्भावनाको दरलाई कम गर्ने, अपच, झाडापखाला, वान्ता जस्ता समस्यामा कमी हुने हुनाले शिशुको सघन इकाईको बसाईलाई छोटो गराई खर्च कटौती गरेको सर्वक्षणले देखाउँछ। अमेरिकाको एक सर्वक्षणले दाता मानव दूध प्राप्त गरेका शिशुहरुको सघन स्याहार इकाईमा आन्द्राको समस्या र सेप्सिसलाई कम गरी प्रतिशिशु ८,१६७ अमेरिकन डलरको बचत भएको तथ्य प्रमाणित भएको छ। साथसाथै समय अगावै जन्मेका शिशुहरुलाई आफ्नो आमाको दूधको विकल्पमा दाता मानव दूध प्रदान गरिँदा मस्तिष्क विकासमा सकारात्मक असर रहने, ह्वाइट म्याटर अधिक हुने, मस्तिष्कको आकार ठुलो हुने र उसको मानसिक तथा अन्य क्षमताहरु पनि उच्च हुने देखाएको छ।

पश्चिमी मुलुकहरुमा मानव दूधको महत्वलाई आत्मसात गरेर ुमानव दूध बैंकु लाई नवजात शिशु सेवासँग समायोजन गरी नवजात शिशुहरुको मृत्युदरमा उल्लेखनिय न्युनीकरण गर्न सफल भएका उदाहरणहरु छन्। दक्षिण अमेरिकाको ब्राजिलले सन् १९९० देखि सन् २०१३ सम्ममा नवजात शिशुको मृत्युदरलाई ७३ प्रतिशतले न्युनीकरण गर्न सफल रह्यो। हाल ब्राजिलको ुमानव दूध बैंकु व्यवस्थापन व्यवस्थालाई उदाहरणकका रुपमा संसारभर लिइन्छ। यस्तै हाम्रो छिमेकी राष्ट्र भारतमा पनि यस पद्दतीको महत्वलाई बुझेर द्रुत गतिमा राष्ट्रभर यसलाई विस्तारित गरिँदै छ। भारतमा हाल १०० भन्दा बढी मानव दूध बैंकु रहेका छन्।

नेपालमा पनि जन्मेको एक घण्टाभित्र स्तनपानको दर मात्र ४२ प्रतिशत र ६ महिनासम्म आमाको स्तनपानको दर ६२ प्रतिशत रहेको अवस्था छ। समय अगावै जन्मने शिशुहरु प्रति वर्ष ८१,००० रहेको तथा शल्यक्रियाबाट जन्मने शिशुहरुको दर ११ प्रतिशतले बढेको अवस्थामा ुमानव दूध बैंकु को अभाव मातृ तथा शिशु स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीहरुले लामो समयदेखि महसुस गरेको तथ्य हो। यसै अभावलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा तथा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबीच सहकार्य गरी नेपालमा पहिलोपटक ुबृहत स्तपान व्यवस्थापन केन्द्रु अन्तर्गत ुमानव दूध बैंकु को अवधारणालाई कार्यान्वयनमा ल्याउन गहन अध्ययन तथा गृहकार्य पश्चात स्थापनाको तयारी भइरहेको छ। अबको केहि समयमै यस अवधारणालाई मुर्तरुप दिन संलग्न निकायहरु सफल रहने विश्वास छ।

 

पौडेल प्ररोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी बृहत स्तनपान व्यवस्थापन केन्द्र व्यवस्थापक हुन्।०


प्रकाशित : २०७९ भाद्र ३, शुक्रबार ११:४२

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech