ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

लुम्बिनी दर्पण २०८३ जेष्ठ २२, शुक्रबार १८:१०
[sharethis-inline-buttons]

 

लुदस

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूमा उद्यमशील सोच, आत्मविश्वास तथा सीप विकास गरी स्थानीय स्तरमै स्वरोजगार र उद्यम स्थापना गर्न प्रेरित गर्ने उद्देश्यले कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा ५ दिने उद्यमशीलता विकास तालिम सुरु गरिएको छ।

बुद्धभूमी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा तथा सामी (सुरक्षित आप्रवासन) कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा वैदेशिक रोजगारबाट फर्किएका  ५० जना भन्दा बढी युवाहरूको सहभागिता रहेको छ। तालिममार्फत सहभागीहरूलाई उद्यम सञ्चालनका आधारभूत ज्ञान, व्यवसाय योजना निर्माण, अवसर पहिचान तथा आत्मनिर्भर बन्न आवश्यक सीप प्रदान गरिने जनाइएको छ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले विदेशबाट फर्किएका युवाहरूले आफ्नो सीप, अनुभव र मेहनतलाई स्वदेशमै प्रयोग गर्न सके पर्याप्त सम्भावना रहेको बताउनुभयो। उहाँले मेहनत, लगनशीलता र सकारात्मक सोचका साथ अघि बढेमा आफ्नै ठाउँमा सम्मानजनक आम्दानी र रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

नगर प्रमुख श्रेष्ठले युवाहरूलाई स्वरोजगार तथा उद्यमशीलतामा जोड्न नगरपालिका निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै यस तालिमबाट सहभागीहरूले उठाएका सामूहिक सुझाव तथा आवश्यकताहरूलाई नगरपालिकाले नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष सुरज प्रताप राणा, वडा नम्बर ५ का वडा अध्यक्ष रोमबहादुर थापा क्षेत्री तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्वासे लगायतले वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई देशमै रोजगारी र आयआर्जनका अवसर खोज्दै आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। वक्ताहरूले युवाहरूको सीप, अनुभव र ऊर्जालाई स्थानीय विकास तथा उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सके आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन रोजगार संयोजक रविन चौधरीले गर्नुभएको थियो भने तालिमको सहजीकरण सिद्धि शिवाकोटी र रविन चौधरीले गर्नुभएको छ ।

आयोजकका अनुसार पाँच दिनसम्म सञ्चालन हुने तालिममा उद्यम विकास, व्यवसाय व्यवस्थापन, वित्तीय साक्षरता,सामाजिक आर्थिक एकिकरण, बजार व्यवस्थापन तथा स्वरोजगारका सम्भावनाबारे व्यावहारिक र सहभागितामूलक प्रशिक्षण प्रदान गरिनेछ। तालिमले वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई आत्मनिर्भर बन्न र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रकाशित : २०८३ जेष्ठ २२, शुक्रबार १८:१०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech