
लुदअ, कपिलवस्तु
कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार ललित गुरुङले गठनबन्धन देउवा र प्रचण्डको हितमा मात्र रहेकोले जनताको हितको लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउनुभएको छ । उहाँले पत्रकार भेटघाटमा बोल्दै कांग्रेसको स्वाभिमान र अस्तित्व रक्षाका लागि मेरो उम्मेदवारी भएको बताउनुभयो । दशकौ देखि पार्टीको त्यागी र इमान्दार कार्यकर्ता भएर काम गर्दा पार्टीले कुनै अवसर नदिएको वताउदै गठबन्धनका नाममा कतिवर्ष अरुलाई वोक्ने उहाले प्रश्न गर्नुभयो । आफूले स्वतन्त्र उम्मेदवारी दिएपछि यतिबेला गठबन्धन गर्नेहरु अत्तालिएको भन्दै मैले जितेर देखाउछु पर्खेर हेर्नुहोस भन्ने सन्देश दिन चाहान्छु उहाले भन्नुभयो ।
नेपाली काँग्रेसका जिल्ला कमिटि सदस्य तथा पूर्व क्षेत्रीय सभापति समेत भइसकेको गुरुङले काँग्रेसका २८।३० हजार मत संरक्षणका लागि मैले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनुभयो । काँग्रेसका मत र अन्य शुभेच्छुक मतदाताको भोटले चुनाव जित्ने दावी गर्नुभयो ।
म माओवादीलाई कुनै दोष दिन्न कमजोरी कांग्रेसकै हो किन भने जनाधार नै नभएको पार्टीलाई गठबन्धनका नाममा क्षेत्र छाड्न हुदैनथ्यो उहाले भन्नुभयो । कांग्रेस हिजो कहा थियो र आज कहाँ छ सोच्न नेतृत्वलाई भन्दै आफ्नै ताकतमा हिड्ने कांग्रेसको प्रतिनिधीत्व सुनिश्चत गर्न म उम्मेदवार भएको छु । नलका चिन्हमा मत दिएर कांग्रेस बचाउन म सबै कार्यकर्तालाई अपिल गर्छु उहाले भन्नुभयो । म कुनै पनि प्रलोभन र दवावमा परेर जनतालाई धोका दिन्न भन्दै आर्थिक सामाजिक क्षेत्रमा रहेका समस्याहरुलाई सुधार गर्दै पार्टी भन्दा माथि रहेर स्वतन्त्र रुपमा विकास गर्न चाहेको उहाको भनाई रहेको छ । पार्टीको निति प्रबृति सुधार हुनुपर्ने भन्दै उहाको भनाइ रहेको छ ।
जनताका आधारभूत आवश्यकता पनि परिपूर्ति गर्न नसकेको भन्दै पहुच नभएका जनताहरु अझै पनि नागरिकताका लागि १५ दिन धाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

