खानेपानीको समस्या समाधान गर्ने बृजेश कुमार गुप्ताको बाचा

[sharethis-inline-buttons]

लुदअ, बुद्धभूमि
कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर १ का जनताले खानेपानीको समस्या समाधान गर्न एमालेका उम्मेदवारसँग आग्रह गरेका छन् ।

एमाले कपिलवस्तु २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बृजेश कुमार गुप्ता र २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछानेसँग वडाका धेरै बस्तीमा खानेपानीको समस्या रहेकोले समाधानका लागि अपिल गरेका हुन ।

मतदातासँग उम्मेदवार गुप्ताले सिंगो वडालाई खानेपानी पुग्ने गरी ठूला सहरी योजना संचालन गर्न पहल गर्ने प्रतिवद्धता गर्नु भएको छ ।

घरदैलोको क्रममा उहाँले पत्थरकोट, विरपुर, भेलाई, बसन्तपुर, मोर्मी आसपासका बस्तीमा नलको पानीमा आर्सेनिकको समस्या रहेको र खानेपानी ट्यांकी पानीको स्रोतको समस्या भएको गुनासो आएको बताउनु भयो ।

मतदातासँग मत माग्दै गर्दा प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने (भुपाल) ले गठवन्धनको सरकारले २ वर्षमा भूमिहिन सुकुम्वासीलाई जग्गा दिनका लागि कुनै पनि काम नगरेको बताउनु भयो ।

यसै बीच एमाले बुद्धभुमि वडा नम्बर १ निर्वाचन परिचालन कमिटिको कार्यालय समेत आजै समुदघाट्न गरीएको छ ।

घरदैलोको क्रममा विभिन्न दल परित्याग गरी २२ जना एमाले प्रवेश गरेको एमाले जिल्ला उप सचिव सुशिला दर्लामीले बताउनु भयो ।

 


प्रकाशित : २०७९ कार्तिक २, बुधबार १४:०३