ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शंकर पोखरेलको सरकार ढाल्ने सांसदहरू, जो गठबन्धनबाट ‘युज एण्ड थ्रो’ मात्र भए

Lumbini Darpan 2 २०७९ कार्तिक ९, बुधबार १७:२०
[sharethis-inline-buttons]

रामप्रसाद आचार्य, काठमाडौं
महाभारतमा सिखण्डी पात्रको झल्को दिने गरी लुम्बिनी प्रदेशसभामा यसअघि विभिन्न दल त्यागेर आफ्नै सरकार ढाल्ने पूर्व सांसदहरु अहिलेको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि अलपत्र परेका छन् ।

लुम्बिनी प्रदेश सभामा ०७४ सालको निर्वाचनमा नेकपा एमाले तथा उसको चुनाव चिन्ह लिएर जितेका आधा दर्जन सांसद पूरा कार्यकाल पूरा नहुँदै दल अदलबदलमा लागे । यी मध्ये दुईले सांसद र पार्टी दुवै छाडेर बसे भने अन्यले एमाले छाडेर पनि पूरा कार्यकाल सांसद बनेरै बिताए ।

यसै गरी जसपा र माओवादीबाट जितेका केही सांसदहरूले पनि यसै गरी दल अदलबदल गरेर अस्थिर संसदीय अभ्यासलाई साथ दिए । शंकर पोखरेल सरकार ढाल्न प्रयोग भएका एमालेको चिन्हबाट जितेका सांसदहरूलाई सिखण्डीको रूपमा चित्रित समेत गरियो ।

तर ती सांसदहरू गठबन्धनबाट ‘युज एण्ड थ्रो’ भएका छन् । शंकर पोखरेल सरकार ढालेका ती सांसदले न त गठबन्धन दलबाट टिकट पाए न त पार्टीको कुनै महत्त्वपूर्ण जिम्मेवारी नै लिन सकेका छन् । जे आशा र भरोसामा त्यति बेला जितेको पार्टीको टेको भाँचेर गए अहिले उनीहरूको विचल्लीमात्र भएको छैन राजनीतिमा अब कसरी अगाडि बढ्ने भन्ने संकट आएको छ ।

यसरी एमाले छाड्नेहरू धेरैले वैचारिक बेमेलका कारण नभएर तत्कालीन स्वार्थका कारण छाडेकाले उनीहरूले रोजेको पार्टीले विश्वास गर्न नसकेको ती पार्टीका नेताहरूले सार्वजनिक रूपमै बताउन थालेका छन् ।

केही सांसद राजनीतिक विचारमा भन्दा पनि तत्कालीन फाइदा लिएर दल अदलबदल तथा सांसदको पूरा कार्यकाल बिताउन नसकेकाले पनि उनीहरूले विश्वास गुमाएका हुन् ।

संघीयताको पहिलो अभ्यासमा रहेको प्रदेश सभामा सांसदहरूमा देखिएको यस्तो चरित्रले प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाउनेहरू बलिया भएका छन् ।

संस्कृतिविद् तथा विश्लेषक घनश्याम कोइरालाका अनुसार महाभारतमा सिखण्डीको कथा यस्तो छ ।

महाभारत कथाका विभिन्न पुस्तकहरूमा शिखण्डी पूर्वजन्ममा अम्बा भएको उल्लेख पाइन्छ । अम्बा काशीराजकी ज्येष्ठ पुत्री थिइन् । पुत्री विवाहयोग्य भइसकेपछि उनकी दुई बहिनी अम्बिका र अम्बालिकासहित तीनै जनाको विवाहको लागि उनका पिताले स्वयंवरको आयोजना गरेका थिए । हस्तिनापुरलाई स्वयंवरमा आमन्त्रित नगरेको सजायको रूपमा हस्तिनापुरका संरक्षक भीष्मले स्वयंवरको सभाबाटै आफ्नो भाइ विचित्र वीर्य जो हस्तिनापुरका राजा थिए, उनको लागि तीनै जनालाई अपहरण गरी हस्तिनापुर लगे । त्यहाँ पुगिसकेपछि अम्बा अरू कसै प्रति आसक्त रहेको थाहा पाए र भीष्मले अम्बालाई उसको प्रेमीकहाँ पुर्‍याउने व्यवस्था मिलाए तर अम्बा तिरस्कृत भएर फर्किइन् । तत्पश्चात् अम्बाले यसको उत्तरदायित्व भीष्मलाई सुम्पिएर भीष्मसँग विवाहको लागि जोर गरिन् । तर भीष्मले आफू आजीवन ब्रह्मचार्य पालनको प्रतिज्ञामा बाँधिएको तर्क दिएर विवाहको लागि मन्जुर भएनन् तैपनि उनी आफ्नो भनाइमा अडिग रहिन् । र अन्ततः अम्बाले प्रतिज्ञा गरिन् कि उनी एक दिन भीष्मको मृत्युको कारण बन्नेछिन् । यसको लागि उनले भगवान् शङ्करको घोर तपस्या गरिन् र मनोकामना पूरा हुने वरदान प्राप्त गरिन् । अर्को जन्ममा उनी राजकुमारी शिखण्डिनीको रूपमा जन्मिइन् र पूर्वजन्मको स्मृतिको कारण लक्ष्य प्राप्तिको लागि फेरि तपस्या सुरु गरिन् । भीष्मको नजरमा उनी नारी भएको र नारीमाथि भीष्मले हतियार नचलाउने÷युद्ध नगर्ने भएकोले उनलाई कौरव पक्षले प्रयोग गरे ।

माथि उल्लेखित शिखण्डीको कथाका रूपमा लुम्बिनीका आधा दर्जन पूर्वसांसदहरुलाई लिन सकिन्छ ।

आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न एमालेबाट दाङ क्षेत्र नम्बर २९२० बाट प्रत्यक्ष निर्वाचित सांसदबाट राजीनामा दिएका दाङका अमरबहादुर डाँगी मुख्यमन्त्री कुलप्रसाद केसीका प्रमुख राजनीतिक सल्लाहकार बनेर बसेपनि चुनावमा कतै टिकट पाउन सकेनन् । शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए ।

एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर क्षेत्र नम्बर २ ९१० बाट निर्वाचित सांसद दृगनारायण पाण्डेले आफ्नै पार्टी नेतृत्वको सरकार ढलाउन सांसद पद मात्रै छोडेनन् पार्टी नै छोडे । उनी कांग्रेसमा प्रवेश गरेर ६ महिनाको लागि राष्ट्रियसभा सदस्य बनेर रिटायर्ड बनिसकेपछि पुनः प्रदेशसभाका आकांक्षी थिए । तर कांग्रेसबाट टिकट नपाएपछि दुई दिनअघि उनी पुनः एमाले प्रवेश गरेका छन् ।

नेकपा एमालेबाट दाङको ३ को २ बाट निर्वाचित उत्तरकुमार वलीको दुर्घटनामा परेर मृत्यु भएपछि भएको उपनिर्वाचनमा उनकी श्रीमती विमला वली निर्वाचित भइन् । तत्कालीन नेकपाकालमा सूर्य चिन्ह लिएर वलीलाई एमाले नेता शंकर पोखरेलको प्रस्तावमा उम्मेदवार बनाइएको थियो तर शंकरलाई संकट परेको बेलामा विपक्षी गठबन्धनलाई उनैले साथ दिइन् ।

कहिले माओवादी भएको, कहिले एमाले भएको उनका अभिव्यक्ति, अपहरणमा परेका अपुष्ट आरोप, अनि माओवादीमा लागेपछि राज्यमन्त्रीको कुर्सीमै बसेका बेला परपुरुषसँगको घर तोडफोडमा विवादमा तानिएपछि राजीनामा । यो बीचमा उनको चर्चाका समाचार थिए । तर यस्तो संकटमा साथ दिएको माओवादीले आफूलाई न त चुनावको टिकट तथा न त पार्टीमा जिम्मेवारी दिइएको गुनासो गर्न थालेकी छन् ।

उनले माओवादी पार्टी दलित, महिला तथा पिछडिएको वर्गको पक्षमा काम गर्ने भन्ने ठानेर आफू लागे पनि त्यो नभएको महसुस गरेपछि अब पार्टीमा सक्रिय नहुने मनसाय बनाएको बताएकी छन् । आफूलाई समानुपातिकतर्फ समेट्ने आश्वासन दिइएकामा त्यो पनि पूरा नभएको उनको भनाइ छ ।

उम्मेदवार छनौट गर्ने बेलामा एक पटक जिल्लाको बैठकमा बोलाएपनि त्यसबाहेक पार्टीको बैठक, भेला तथा अन्य रणनीतिक छलफलमा आफूलाई बेवास्ता गरिएको उनको गुनासो छ ।

सबै पार्टीले सोझो मान्छेलाई प्रयोग मात्रै गर्दै आएको निष्कर्ष निकाल्दै आफूले अब पार्टीमा सक्रिय नहुने निर्णय लिएको उनले प्रस्ट पारिन् । अब आफू घर व्यवहारमै केन्द्रित हुने उनको भनाइ छ । दाङको तुलसीपुर घर भएकी वली अहिले घोराहीमा भाडामा बसेर छोरालाई पढाउँदै छिन् । उनले दाङका वाइसीएल नेता एकराज बस्नेतबाट आफूले पाउनुपर्ने रकम हालै पाएको पनि बताइन् ।

जेठ ३१ गते तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री रहेकै बेला उनी दाङको तुलसीपुरस्थित बस्नेतको घरमा पुगेपछि विवाद तानिएकी थिइन् । उनी संलग्न सरकारले गरेको छानबिनमा उनी दोषी देखिइएपछि उनलाई राज्यमन्त्रीबाट हटाइएको थियो ।

एमालेको चुनाव चिन्हबाट पश्चिम नवलपरासी १ को २ बाट निर्वाचन जितेका अजय शाहीले पनि संकटका बेला एमालेलाई धोका दिएर गठबन्धन दलमा सहभागी भएर मन्त्री बनेका थिए । साढे ३ वर्ष एमाले संसदीय दलमा बसेका शाही उसकै नेतृत्वको सरकार ढाल्न आफू स्वतन्त्रबाट निर्वाचित भएको भन्दै गठबन्धन दलमा बसेका थिए ।

पछि उनी मन्त्री भएर बसे तर आगामी निर्वाचनमा उनी कतैबाट उम्मेदवार बन्न सकेनन् । उनको यसअघिको समूह हृदयेश त्रिपाठी अहिले पनि एमालेको समर्थनमा नवलपरासी १ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका छन् । उनीसँगै सोही समूहबाट कपिलवस्तु २ को २ बाट निर्वाचित धमबहादुर लाल श्री वास्तव पनि पहिलो चरणमा शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउन हस्ताक्षर गर्ने सांसद हुन् तर पछि मन्त्री पाउने आशमा त्यहाँबाट फिर्ता भएको घोषणा गरेका थिए । केही समय प्रदेश सरकारमा मन्त्री भएका उनी एमालेमै प्रवेश गरे । अहिले उनी एमालेबाटै यसअघि निर्वाचित क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

एमालेबाटै समानुपातिक सांसद बनेकी पाल्पाकी रमा घर्तीले एमालेबाट विभाजन भएको नेकपा एस रोजेकी थिइन् । नयाँ पार्टी सरकारमा जानेभएपछि एक मात्रै सांसद रहेकी उनी प्रदेश सरकारको मन्त्री बनिन् । तर आगामी चुनावको लागि उनले टिकट पाउन सकिनन् । उनको जिल्लाबाट नेता सोमप्रसाद पाण्डेले प्रतिनिधि सभाको उम्मेदवार गठबन्धनबाट पाएपछि उनी अलपत्र परेको उनी निकट नेताहरुले बताएका छन् ।

पूरा कार्यकाल बिताउन नपाएका अन्य सांसदको अवस्था

८७ सदस्यीय लुम्बिनी प्रदेशमा अघिल्लो पटक १० सांसदले आफ्नो पहिलो कार्यकाल पुरै समय बिताउन पाएनन् । यी मध्ये अधिकांश अस्थिर राजनीतिको खेलमा म्यादी मन्त्री बन्ने लोभमा, केही पार्टी विभाजनपछि अर्को पार्टी रोजेका कारण, केही प्रदेशको सांसदभन्दा अन्य स्थानको भाग ठूलो देखेका कारण पुरै कार्यकाल प्रदेश सांसद नरहेका हुन् ।

यी मध्ये दुई जना भने संसद् रहेकै समयमा मृत्यु भएका हुन् । यसरी सांसद पद गुमेका १० जना सांसदको स्थानमा ३ जना नयाँले अवसर पाएका छन् भने ७ जनाको स्थानमा भने त्यो कार्यकालमा कोही नआउने गरी खाली नै रहेको थियो ।

अधिकांश सांसद मन्त्री तथा अन्य लाभका लागि सांसद पदलाई त्यागेका भए पनि दुई सांसद भने पार्टी रोजेका कारण सांसद पद गुमाउने अभागी बनेका छन् । नेकपाको गठबन्धनबाट रुपन्देही क्षेत्र नं १ को २ बाट निर्वाचन जितेर अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति बनेका दधिराम न्यौपाने र गुल्मी २ को २ बाट निर्वाचन जितेका दिनेश पन्थी भने नेकपा विभाजनपछि एमाले रोजेका कारण माओवादीले कारबाही गरेर संसद् पद गुमाएका थिए । उनीहरू दुवै जना अहिले सोही क्षेत्रबाट एमालेका उम्मेदवार बनेका छन् ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सामेल भएर ४ महिना मन्त्री बनेपछि जसपाबाट रूपन्देहीको क्षेत्र नम्बर ३९२० बाट निर्वाचित सांसद सन्तोष पाण्डे, बाँकेको क्षेत्र नम्बर २ ९१० निर्वाचित विजयबहादुर यादव, जसपाको समानुपातिक कोटाबाट निर्वाचित कल्पना लम्साललाई पार्टीले कारबाही गरी संसदबाट हटाएको थियो ।

उनीहरूसँगै मन्त्री बनेकी सुमन शर्मा रायमाझी भने केही समयपछि मन्त्री पद छोडेर बसेपछि अहिले गठबन्धन सरकारमा पुनः मन्त्री बनेकी छन् । यी मध्ये समानुपातिकबाट आएकी कल्पना लम्सालको स्थानमा जसपाले कल्पना मुठभरिलाई सांसद बनायो । अरू दुवै जना प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको स्थान अन्तिम समयसम्म खाली रहेको थियो । सन्तोष पाण्डे अहिले लोसपाबाट सत्तारुढ गठबन्धनको समर्थनमा सोही क्षेत्रमा उम्मेदवार बनेका छन् भने विजय यादव एमालेमा प्रवेश गरेर सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् भने सुमन शर्मा र कल्पना लम्सालले कतै उम्मेदवारी पाएका छैनन् । शर्मा अहिले पनि मन्त्री नै छन् ।

बर्दिया जिल्ला क्षेत्र नं २ को २ बाट माओवादीबाट निर्वाचित सांसद दीपेश थारु सबैभन्दा पछि प्रदेश सांसद त्याग्नेमध्येका थिए । स्थानीय तहको निर्वाचनमा स्थानीय राजापुर नगरपालिकाको मेयर बन्न उनले राजीनामा दिएका हुन् । हाल उनी मेयरमा निर्वाचित भएका छन् ।

प्रदेशसभामा रुपन्देहीबाट समानुपातिक सांसद बनेका बलदेव शर्मा पोखरेल बिरामी परेर उपचारका क्रममा र दाङको ३ को २ बाट निर्वाचित उत्तरकुमार वलीको दुर्घटनामा परेर मृत्यु भएको हो । पोखरेलको स्थानमा दाङका शंकर गिरी र उत्तरकुमारको स्थानमा विमला वली सांसद बनेका थिए । यसरी ८७ सदस्य लुम्बिनी प्रदेशका सांसदहरूमध्ये कार्यकाल सकिने समयमा ८० जना मात्रै संसदमा रहेका थिए ।

नेपाल प्रेस डट कम बाट साभार गरिएको ।


प्रकाशित : २०७९ कार्तिक ९, बुधबार १७:२०

Lumbini Darpan 2

लेखकबाट थप

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech