ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

Lumbini Darpan 2 २०७९ मंसिर ७, बुधबार ०८:०१
[sharethis-inline-buttons]

लुदअ ७ मंसिर, वीरगञ्ज
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ६५ रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले(जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए । कांग्रेसको केन्द्रीय सदस्य रिजालको मुख्य पेसा राजनीति नै हो ।

जगरनाथपुर गाउँपालिका(५ धर्मपुर मसिहानी टोलमा जन्मिएका रिजालको बाल्यकाल गाउँमै बित्यो । उनले १४ वर्षको उमेरमै एसएलसी उत्तीर्ण गरेका थिए ।

पछि ठाकुरराम बहुमुखी क्याम्पसबाट बी।कम। अध्ययन गरेका छन् । उनको बुवा मेघनाथ उपाध्याय नेपाली कांग्रेसमा आवद्ध थिए । उनले ०१५ सालको आम निर्वाचन कांग्रेसबाट लडेका थिए । त्यतिबेला वीरगञ्ज बारा जिल्लामा पर्दथ्यो । त्यसैले उनी विद्यार्थी कालदेखि नै नेवि संघको राजनीतिमा सक्रिय बने ।

बिपी नेपाल फर्केपछि भएको पटना सम्मेलनबाट कांग्रेसको पर्सा जिल्ला सचिवको जिम्मेवारी रिजालले पाए । पछि उनी पर्सा जिल्लाको उपसभापति पनि बने । कांग्रेस सभापति देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गर्दा नेता रिजालले उनलाई साथ दिए । यसले गर्दा पनि उनी देउवाको प्रीय छन् ।

पार्टीमा अनुशासन समिति संयोजक, कार्य सम्पादन समिति सदस्यमा काम गरिसकेका छन् । वि।स। २०२६, वि।स। २०२८, वि।स। २०३०, वि।स।२०३९, वि।स। २०४२, वि।स। २०४६ र वि।स। २०४६ सालमा गरी झण्डै ३ वर्ष जति उनले जेल जीवन पनि बिताएका छन् ।

जनताबाट अनुमोदन हुने मौका भने उनलाई वि।स। ०४८ सालमा मात्रै मिल्यो । त्यसपछि लगातार उनी पर्सा क्षेत्र नं ४ मा चुनाव लडिरहेका छन् । वि।स। ०४८ सालमा सांसदमा विजयी भए । वि।स। ०५२ सालमा पनि उनलाई जताले प्रतिनीधि सभा सदस्य बनाए । ०५६ सालको निर्वाचनमा सुखद नतिजा आएन ।

वीरगञ्जमा चुनाव लडेका कृष्णप्रसाद भट्टराईको चुनावी अभियानमा खट्दा आफ्नो क्षेत्रमा ध्यान दिन नपाएकोले पराजित हुनु पुगेको उनी बताउँछन् ।

वि।स। ०६४ सालमा पूनः सांसद बने । त्यसपछि वि।स। ०७० र वि।स। ०७४ सालको निर्वाचनमा लगातार पराजित भए । ‘कांग्रेसलाई कांग्रेसले नै हराउँछ’ भनेजस्तै पार्टी भित्रको आन्तरिक द्वन्द्वले उनी पराजित हुने गरेका छन् ।

०७४ सालमा अप्रत्यासित रुपमा उनी पराजित भए । राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण निस्किए । कर्णले २० हजार ७ सय ३८ मत ल्याएका थिए । रिजालले १४ हजार ७ सय २ मत मात्रै पाए ।

मधेशी दलप्रति जनताको रुझान र पार्टी भित्रको अन्तरद्वन्द्वले त्यसबेला नेता रिजाल पराजित भएका थिए । ०७४ मा उनलाई पराजित गर्ने लोसपा नेता कर्णले निर्वाचन क्षेत्र परिवर्तन गरेर पर्सा क्षेत्र नं १ बाट प्रतिनीधि सभा सदस्यमा उठेका छन् ।

यसपटक पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनको साथ पनि रिजालले प्राप्त गरेका थिए । विगतमा प्रतिष्पर्धी रहेकी माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले समेत उनका लागि भोट मागेकी थिइन् ।

 


प्रकाशित : २०७९ मंसिर ७, बुधबार ०८:०१

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech