ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक लुम्बिनीमा सम्पन्न, आर्थिक सुशासनमा जोड

Lumbini Darpan 2 २०७९ माघ १८, बुधबार १९:३०
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । माघ १६, १७ र १८ गते केन्द्रीय लेखा आयोगको ५औं पूर्ण बैठक बुद्ध जन्मस्थल लुम्बिनीमा आयोगका अध्यक्ष डा. पुष्प कंडेलको अध्यक्षता र पार्टी उपमहासचिव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा पार्टी केन्द्रीय कमिटीका सचिव गोकर्ण विष्ठ, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल र रुपन्देही जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीले लेखा पार्टी, निर्माणमा लेखा व्यवस्थापनको महत्व र आवश्यकता एवं आर्थिक कारोवारको अवस्थाबारे जानकारी सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठकको प्रारम्भमा गत मंसीर १८ गते दिवंगत हुनुभएका आयोगका सदस्य खम्ब खत्री प्रति १ मिनेट मौनधारण सहित श्रद्धान्जली अर्पण गरिएको थियो । बैठकमा आयोगका तर्फबाट चौथो पूर्ण बैठक पश्चात भएगरेका कामहरुको रिपोर्टिङ्गका साथै गत मंसीर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आयोगका पदाधिकारी र सदस्यहरुले निर्वाह गरेको भूमिका सहित निर्वाचनको समग्र समीक्षा समेत गरिएको छ ।

वैठकले पार्टीलाई आर्थिक सुशासनको दृष्टिकोणले व्यवस्थित गर्ने लगाएतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालु आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण गर्ने, पार्टीको लेखा व्यवस्थापनको लागि प्रशिक्षण पुस्तिका प्रकाशन गर्ने, पार्टी कमिटी, जनसंगठन र लेखा कमिटीका लागि लेखा व्यवस्थापन प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक व्यवस्थापनका आधारमा पार्टी कमिटी र जनसँगठनको मुल्यांकन गर्ने परिपाटी स्थापना गर्ने, सम्पूर्ण पार्टी कमिटी र जनसंगठनको लेखापरीक्षण÷अनुगमन गर्ने, पार्टी विधान र नियमावलीको व्यवस्था विपरित आयोगबाट लेखापरीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने स्पष्टीकरण सोध्ने र यसरी आयोजना हुने अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै कम्तीमा प्रदेश तहको आर्थिक हिसाबलाई जोड्नेगरी अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न पार्टी केन्द्रलाई अनुरोध गर्ने, बैठकले गत निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका आयोगका उपाध्यक्ष विष्णु पन्थी र सदस्यहरु मालती लिम्बु, पद्मा जिसी (श्रेष्ठ) र रामेश्वर श्रेष्ठ लाई हार्दिक बधाई दिदै रामेश्वर श्रेष्ठ वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको बधाई सहित कार्य सफलताको शुभकामना दिने निर्णय गरेको अध्यक्ष डा. पुष्प कंडेलले जगदिशपुरमा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

त्यस्तै लेखा आयोग टोलीले कपिलवस्तुका जगदिशपुर, सगरहवा ताल, कुदान लगायत विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन समेत गरेको आयोगका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले बताउनुभएको छ ।


प्रकाशित : २०७९ माघ १८, बुधबार १९:३०

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech