ज्ञानोदय टोलबिकास संस्था तिलोत्तमा ९ द्धारा बृहत् सरसफाई कार्यक्रम

[sharethis-inline-buttons]

तिलोत्तमा,२९ माघ ।
बिन्दु भट्टराई ।
तिलोत्तमा नगरपालिकाको सरसफाई अभियानलाई निरन्तरता दिदै ज्ञानोदय टोलबिकास संस्था तिलोत्तमा ९ ले शनिबार बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

ज्ञानोदय टोलविकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडको प्रमुख आथित्य र वडा नम्बर ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा प्रमुख रामकृष्ण खांडले सरसफाइको भावना प्रतेक घरबाट नै सुरु हुनुपर्नेमा जोड दिनुभयो । उहांले तिलोत्तमालाई सभ्यताको शहर र मानवता जोडिएको शहरको रुपमा चिनाउन पनि यी सामुहिक रुपमा गरिएका कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनुभयो ।

स्वास्थ्यका लागि सरसफाई सुन्दर नगरका लागि सरसफाई र सभ्य समाजका लागि तिलोत्तमा भन्ने शाख जोगाईराख्न नगरबासी र नगरपालिकाबिचमा समन्वयात्मक भवना रहिरहन आवश्यक रहेको खांडको भनाई छ । उहांले भौतिक बिकाससंगै मानविय विकासमा पनि उत्तिकै ध्यान पुर्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा बिशिस्ट अतिथी ध्रुव न्यौपानेले नगरको विकासमा टोलविकास संस्थाहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै अन्य विकाससंगै सरसफाईको पनि उत्तिकै महत्व रहने बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै टोलविकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेले बहुबर्षिय योजना बनाएर सुरु गरिएको ज्ञानोदय चोकबाट द्क्षिणको बाटो समय सकिसक्दा सम्म पनि बिचमा पुगेर अलपत्र परेको भन्दै त्यसतर्फ नगरपालिकाको ध्यानाकर्षण गराउनुभएको छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का सम्पुर्ण टोलविकास संस्थाका प्रतिनिधि, सिद्धार्थ टोलविकास संस्थाका अध्यक्ष दिनेश पाण्डे,ज्ञानोदय टोल कृषिसमुहका संयोजक ,आमा समुहहरु,बालसंजालका प्रतिनिधि,जनप्रतिनिधी लगातको सहभगितामा भएको कार्यक्रममा प्लटलाईन टोलविकास संस्थाका उपाध्यक्ष शालिकराम भुसालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन ज्ञानोदय टोल विकास संस्थाका सचिव सुरेश पाण्डेले गर्नुभएको थियो ।


प्रकाशित : २०७९ माघ २९, आईतवार ११:२९