
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा १० र १२ मा टोल बिकाशका पदाधिकारीका लागी माईनोट लेखन, नेतृत्व बिकाश , उद्घोषण सम्बन्धी २ दिने तालीम आज देखी सुरु भएको छ । नगर स्तरिय टोल बिकाश संस्थाका अध्यक्ष हेमराज पौडेलको अध्यक्षतामा तथा वडा स्तरिय टोल बिकाश संन्जाल तिलोत्तमा १२ का अध्यक्ष हरि काफ्लेको स्वागतमा कार्यक्रम सुरु भएको हो ।
। कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालीकाका वडा न १० का वडा सदस्य बालकृष्ण लम्सालले नगरको बिकाशको लागी टोल बिकाशको भुमिका महत्वपुर्ण रहेको दावि गर्नु भयो । उहाले काम गर्दै जादा केही समस्या पनि हुने भल्दै सहजिकरण गर्दै अगाडि बढने उल्लेख गर्नु भयो ।
तिलोत्तमा नगरपालीकाका बरिष्ट सामाजिक बिकाश परिचालक अल्पा घिमिरेको सन्चालनमा भएको तालीमको लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गर्नु भएको छ

