ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

डिल्ली बहादुर चौधरी : कमैयाको पृष्ठभूमिदेखि मुख्यमन्त्रीको कुर्सीसम्म

Lumbini Darpan 2 २०८० बैशाख १५, शुक्रबार १०:०७
[sharethis-inline-buttons]

लुदअ, दाङ
लुम्बिनी प्रदेशका चौथो मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको जन्म २०२६ साल असार १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–६, डुम्री गाउँमा भएको हो । आमा सोमती चौधरी र बुबा टुकलाल चौधरीको सन्तानका रूपमा उनको जन्म भएको हो ।

सामाजिक विकास विषयमा स्नातक गरेका चौधरीले १७ वर्षको उमेरदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०५७ सालमा कमैया आन्दोलनको अगुवाइ गरेका उनी प्रदेशसभा सदस्यदेखि मन्त्री हुँदै मुख्यमन्त्रीसम्म बन्न सफल भए ।

पृष्ठभूमि

कुनै बेला डिल्ली चौधरीको परिवार जमिनदारको घरमा कमैया बसेको थियो । यद्यपि उनी आफै भने कमैया बस्नु परेन ।

प्रदेशसभा सदस्यका रूपमा दोस्रोपटक निर्वाचित भएका उनी पहिलो कार्यकालमा लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रीको रूपमा डेढ वर्ष काम गरे । चौधरी प्रदेशसभाको दोस्रो कार्यकालमा मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

२०४२ सालदेखि राजनीति र सामाजिक सेवामा उत्तिकै सक्रिय चौधरी दाङ निर्वाचन क्षेत्र नं ३ ९१० बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका हुन् । चौधरीले थारु समुदायसहित अन्य अल्पसंख्यक गरिबीको रेखा मुनि रहेका नागरिकलाईसमेत शिक्षाको उज्यालो दिन ‘व्याकवार्ड सोसाइटी’ ९बेस० मार्फत टुकी लिएर गाउँगाउँ छिरे ।

लाखौं सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरे । जसको चर्चा यहाँमात्रै हैन, विश्वभर नै उत्तिकै भइरहेको छ । कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो बाल्ने चौधरी बाल अधिकारको क्षेत्रमा पनि क्रियाशील बने ।

भारतका ‘बाल बचाओ अभियान’का कैलाश सत्यार्थीसँगको सम्बन्धका कारण उनी बालबालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशील भए । १७ वर्षको कलिलो उमेरमै डिल्लीबहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रूपमा विपन्न तथा पिछडिएका जनताको उत्थानका लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्त्वपूर्ण काम सुरुवात गरे ।

नेपालको तल्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिवासी थारु र पछि परेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडि बढाइरहँदा उनको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्मक प्रभाव पारेको छ ।

थारु समुदायमा जमिन्दारहरुले दासताको प्रभाव बढाएर आर्थिक तथा सामाजिक श्रमिक शोषण गर्न थाले । पुस्तौं पुस्तासम्म थारुहरु माथि गर्ने शोषण झन् बढ्दै गयो र पुस्तौंसम्म थारुहरु ऋणमा अल्झिँदै गए । त्यसपछि कमैया मुक्तिको आन्दोलनमा उनी लागे, सफल पनि भए । राजनीतिक परिवर्तन र सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालीन निरंकुश पञ्चायत शासन व्यवस्थाले देशद्रोही भएको आरोपमा पक्राउ ग¥यो ।

पुरस्कार र सम्मानहरू

डिल्लीबहादुर चौधरीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेका छन् । त्यही कारण उनले अशोका फेलोसिस अवार्ड, रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार, द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड प्राप्त गरेका छन् । यस्तै उनले सुप्रवल गोरखा दक्षिण बाहु तेस्रो र सुप्रबल त्रिशक्ति पट्ट तथा भारतको राम कृष्ण जय दयाल हार्मनी अवार्डसमेत प्राप्त गरेका छन् ।

संसदीय यात्रा र काम

दाङ निर्वाचन क्षेत्र नं ३ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी २०७० मा संविधानसभा सदस्य बने । सोही समय उनी श्रम राज्यमन्त्रीको भूमिकामा समेत रहे । वैदेशिक रोजगारीलाई सहज र व्यवस्थित बनाउन चौधरीले छोटो समयमै महत्त्वपूर्ण योगदान गरे ।

यसअघि उनले लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भूमिका मात्रै निर्वाह गरेनन्, सो पदमा आसिन रहँदा उनले प्रदेश सरकारबाट खरिद भएका गाडीमा अनियमितता भएको तथ्य उजागर गर्दै आफैले चढेको गाडी पनि स्टोरमै फिर्ता गरेका थिए । दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयन गर्ने सन्दर्भमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले निर्वाह गरेका जिम्मेवारी

२०६४ देखि निरन्तर नेपाली कांग्रेसको महासमिति सदस्य

संविधानसभा सदस्य– २०७०

श्रम राज्यमन्त्री २०७३–७४

प्रदेशसभा सदस्यमा निर्वाचित दाङ–३ (१)– २०७४

पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री २०७८–८९

प्रदेशसभा सदस्यमा निर्वाचित दाङ ३ (१)– २०७९

संसदीय दलको नेता नेपाली कांग्रेस– २०७९

२०५७ मा कमैया आन्दोलनको अगुवाइ गरी कमैया मुक्तिको घोषणा गराउन सफल ।

विश्वका ३० भन्दा बढी राष्ट्रको भ्रमण ।


प्रकाशित : २०८० बैशाख १५, शुक्रबार १०:०७

Lumbini Darpan 2

लेखकबाट थप

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट
  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने
  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी
  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वरिष्ठ कलाकार सुनिल थापाको निधन

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech