छोरीलाई करणी गरेर फरार बाबुको प्रहरी द्धारा खोजतलाश जारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

आफ्नै छोरीलाई करणी गरेर फरार बाबुको प्रहरीले खोजतलाश जारी राखेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–२, तल्लो खैरेनी स्थित ३१ वर्षीय एक पुरुषले १३ वर्षीया नाबालिक छोरी कमला सुनार नाम परिवर्तित नाम लाई आमा नभएको बेलामा बलात्कार गर्ने गरेको भन्दै उजुरी परेपछि प्रहरीले खोजतलाश जारी राखेको हो ।

छोरीलाई बिगतकेही महिना देखी पटक पटक बलात्कार गर्दै आएको आरोप किशोरीकी आमाले लगाएकी छिन् । दोस्रो विवाह गरेकी पीडित बालिकाको आमाले छोरी पहिलो श्रीमानको भएको बताएकी छन् । उनी छोरीलाई पहिलो श्रीमान संग छोडेर आएकी थिइन् । उता छोरीलाई दुख भयो भनेर श्रीमानले भनेपछि दुवैजनाको सल्लाहमा चार महिनादेखि बालिकालाई आफूसँगै ल्याएकी थिइन् ।

गत असारदेखि डर, धम्की दिंदै आफ्नो आमा नभएको मौका छोपी पटक पटक बलात्कार गर्दै आएको बालिकाले बताइन् । हाल आरोपी फरार भएको स्थानीय टोल विकास संस्थाका अध्यक्ष शिवु सुनारले बताए । उनले ईलाका प्रहरी कार्यालय रन्यौरामा उजुरी गरिएको र अभियुक्तको खोजतलास भैरहेको बताए ।

ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख जीवन लामिछानेले अभियुक्तलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन इलाका प्रहरी कार्यालय बुटवलमा लेखी पठाएको बताए


प्रकाशित : २०८० श्रावण २४, बुधबार १९:२०