राप्रपा कपिलवस्तुद्धारा मेयरलाई ज्ञापन पत्रः छाडा पशु व्यवस्थापन र निःशुल्क शिक्षाको माग

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपले बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लाई ज्ञापन पत्र पेश गरेको छ । नगरपालिका भित्र रहेका विविध समस्याको तत्काल समाधान गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र पेश गरेको हो ।

ज्ञापन पत्र बुझ्दै मेयर अर्यालले राप्रपाले उठाएका मुद्धाहरु जायज रहेको र प्राय समस्या नगर बाटै समाधान गर्न सकिने भएकाले उक्त समस्या प्रति नगर गम्भिर रहेको बताउनु भयो । छाडा पशुचौपाया, लागुऔसध दुव्र्यसनी, लगायतका समस्या बाणगंगामा व्याप्त रहेको स्विकार गर्दै ति समस्यालाई सामाधान गर्न बाणगंगा सहित जिल्लाका १० वटै पालिकाले प्रदेश सरकार सङ्ग समन्वय गरिरहेको उहाको भनाई छ । रासायनिक मलको समस्या लगायत केहि समस्या भने केन्द्र बाट समाधान गर्नुपर्ने भएकाले त्यसका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राप्रपा जिल्ला कार्यसमितीको निर्णय अनुसार जिल्लाको १० वटै पालिकामा ज्ञापन पश पेश गरेको केन्द्रीय सदस्य धुव्र रायमाझीले बताउनुभयो । जनताले प्रत्यक्ष सरोकार राख्ने विषयहरु १२ कक्षा सम्म निशुल्क शिक्षा लागु हुनुपर्ने, छाडा पशुचौपाय व्यवस्थापन लगाएतको माग राख्दै ज्ञापन पत्र बुझाइएको उहालको भनाई छ । यस्त पालिका भित्र रहेको ऐतिहासिक, पुरातात्विक धार्मिक स्थलको संरक्षण गर्दै पर्यटन पर्वद्धन गर्नुपर्ने रायमाझिले औल्याउनुभयो ।

राप्रपाले नगर र जिल्ला भित्र रहेको सबैभन्दा ठूलो समस्या छाडा चौपायको व्यवस्थापन, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोवासको समस्या समाधान, नेपालको संविधानले ग्यारेन्टी गरेको कक्षा १२ सम्मको शिक्षा निशुल्क हुनुपर्ने, स्वास्थ्य जस्ता सेवा निशुल्क गर्नुपर्ने, फोहोर व्यवस्थापन, लागू औषध दुव्यासनी नियन्त्रण, रासायनिक मलको व्यवस्था, नगर भित्रका मठ, मन्दिर, मस्जिद, गुरुकुल शिक्षा लगायतको संरक्षण गर्नुपर्ने, करको दर घटाई सु–शासन र भ्रष्ट्राचार मुक्त नगर निर्माणमा पहल गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापन पत्र पेश गरेको हो ।

राप्रपा केन्द्रीय सदस्य धुव्र रायमाझी, जिल्ला उपाध्यक्ष चन्द्र भण्डारी, जिल्ला संगठन विभाग प्रमुख राजेन्द्र विक्रम साह, बाणगंगा नगर अध्यक्ष गिरिराज कडेल, बाणगंगा किसान सघंका अध्यक्ष खेमराज बेल्बासे, बाणगंगा युवा सघं अध्यक्ष राजेन्द्र थारु, निर्वाचन क्षेत्र नं. १ (१) का डिल्लीराम शर्मा (रामु), भोगेन्द्र उचाई लगाएत पार्टी कार्यकर्ता, पत्रकार लगायतको उपस्थितीमा ज्ञापन पत्र पेश गरिएको थियो ।


प्रकाशित : २०८० भाद्र १२, मंगलवार १७:५३