सरकारले भ्रष्टाचार विरुद्ध हैन भ्रष्टाचार गर्ने अभियान चलायो : अध्यक्ष ओली

[sharethis-inline-buttons]

लुदअ, बुटवल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरुद्धको अभियान भने पनि भ्रष्टाचार गर्ने अभियान चलाएको आरोप लगाएका छन् । शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले एयरपोर्टबाट सुन तस्करीको तमासा गरेको आरोप लगाएका हुन् ।

उनले भने–‘साढे ९ किलो सुन आयो र हरायो । कहाँ गयो त्यो सुन भनेपछि फेरी आयो । स्टोरमा राखियो त्यहाँबाट हरायो, कसरी हरायो भनेपछि फेरि आयो । बजारबाट त्यस्तै नक्कली सिगरेट बनाएर राखिएको रहेछ । फेरि सक्कली आयो फेरि हरायो । कति लाजलाग्दो घिनलाग्दो तमासा ।

जसले एउटा आइटममा क्विन्टलका क्विन्टल कति दिनदेखि सुन ल्याउँछ, पक्राउ परेको मान्छे को छ भनेर पत्ता लगाउँदै जाँदा भन्सारको अधिकृत हुन्छ । विदेशीलाई नागरिकता दिएर २० हजारमा दर्ता गराउने को हो त्यो ? कसले नागरिकता दिन आदेश दियो, कसले नागरिकता बनायो रु त्यो खोजी गरन ।’ उनले भ्रष्टाचार विरुद्धको नाममा राष्ट्रिय पुँजीलाई गला थिच्ने काम भएको दाबी गरे ।


प्रकाशित : २०८० भाद्र १६, शनिबार १९:४९