देश ठुला राजनैतिक दलहरुको सिन्डिकेटको शिकार भयो : अध्यक्ष लिङ्देन

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले ठुला राजनैतिक दलहरुको सिन्डिकेटको शिकार भएको बताउनुभएको छ । देशका महत्वपुर्ण घटनाहरुमा सबै ठुला दलहरु मिल्ने र मिलिजुली रुपमा देशलाई सिन्डिकेटको शिकार बनाउने प्रबृत्ति बढेको उहाँले आरोप लगाउनुभयो ।

अहिले देशको अवस्था असामान्य भएको दाबी गर्दै जनताका दैनिकीमा सरकारले गम्भिरता नदेखाएको समेत उहाले आरोप लगाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले तौलिहवामा आयोजना गरेको नविन राप्रपा अन्र्तक्रिया कार्यक्रम तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उहाले सो कुरा बताउनुभएको हो ।

राप्रपा केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक रबिन्द्र मिश्रले कपिलवस्तुको कृष्णनगर क्षेत्रमा राजनैतिक दलहरुको गलत नियतका कारण बेला बेलामा साम्प्रदायिक समस्या सिर्जना हुने उल्लेख गर्नुभयो । यद्यपि, कपिलवस्तु जिल्ला साम्प्रदायिक सहिष्णुताको अद्भुत नमुना जिल्ला रहेकोमा भने खुलेर प्रशंसा गर्नुभयो ।

केन्द्रिय प्रवक्ता एवं संघीय सांसद ज्ञानेन्द्र शाही, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय लगायतले कपिलवस्तु राप्रपामय भएको जिकिर गरे । राजनैतिक कालखण्डमा एकसमय यो जिल्ला राप्रपामय भएको ठोकुवा गर्दै अब यहाँका हरेक तह तप्कामा राप्रपामय भएरै छाड्ने उनीहरुले बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा राप्रपा सहमहामन्त्री प्रकाश रिमाल, सहायक महामन्त्री ताहिर अलि मुसलमान, प्रदेश सांसद जानकी प्रसाद यादव, शिवराज नगरपालिकाका मेयर अजय थापा लगायतका उपस्थिती रहेको थियो ।

राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षता, उपाध्यक्ष इदरीस मुसलमानको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन जिल्ला सचिव प्रेमशंकर शुक्लले गर्नुभएको थियो । कार्यक्रममा शत्रुघन चौधरी, घनश्याम पाठक लगायत बिभिन्न राजनैतिक दलबाट राप्रपा प्रवेश गरेको पार्टीले जनाएको छ ।


प्रकाशित : २०८० भाद्र १६, शनिबार २०:१३