
प्रकाश गौतम
तिलोत्तमा
आजको दिन, संबिधान जारि भएको दिन ,२०७२ साल आजैकै दिन देशले नयां संबिधान पाएको दिन , संघियता ,गणतन्त्र , धर्मनिपेक्षता , स्थापित गर्दै युग परिबर्तनको संखघोस गरेको दिन , आज संबिधान आएको ८ बर्ष पुरा भएको छ ।
अब प्रश्न यो ८ बर्षमा आखिर जनताले के पाए ? संबिधानले जनताका लागी के दियो ? देशमा हिजो भने जस्तो गरि बिकाश भयो ? युवाहरुलाई शुखी हुन सके ? बिकाशको मुल फुट्यो ? हिजोको तानाशाहाका कारण बिदेसिन बाध्य भएका युवाहरु जनताले नै ल्याएको भनिएको संबिधान आएपछी राकिए ? भष्ट्टाचार कम भयो ? गुन्डागर्दि , ठुलाबढाहरुको मात्र सोर्सफोर्स चल्ने गरेको देशमा संबिधान आएपछी आखिर भयो के ? एक राजालाई बिस्थापित गरेको संबिधानले गाउं गाउंमा छोटेराजा बाहेक अरु के दियो ? संघियताका कारण ७ प्रदेश भए त्यसले दल र दलका नेता बाहेक जनताले के पाए ? त्यसोभए संबिधान कस्को लागी बनेछ ।
यि सबै प्रश्नको उत्तर पाएर जनता खुसि हुदाको दिन मात्र जनताको लागी खास संबिधान दिवसको महत्व हुने छ । नत्र हिजोको तन्त्र भन्दा फरक आजको तन्त्र हुदै होइन ।