एमाले कपिलवस्तु : संविधान कार्यान्वयन संँगै समृद्ध देश बनाउनुपर्नेमा जोड

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य विमला घिमिरेले संविधान कार्यान्वयन सँगै देशलाई समृद्धिसँग जोड्नु पर्ने बताउनु भएको छ । संविधान जारी भएको ८ वर्ष पुगेको सुखद अवसरमा एमाले जिल्ला कमिटि कपिलवस्तुले ४ नं जितपुर पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता घिमिरेले संविधानको रक्षा गर्दै कार्यान्वयनका लागि जोड दिनु पर्ने बताउनुभएको हो ।

उहाँले भन्नु भयो, “संविधान कार्यान्वयन गर्दा समृद्धिसँगै जोडिन सक्यो भने जनताका जनजिविका फेरिने छ ।” समृद्धिका लागि देशमै युवाहरुलाई रोजगार, व्यापार व्यवसायका लागि राम्रो वातावरण, उद्योग धन्दाको विकास, दिर्घकालिन योजना सहितको विकासमा सरकारले जोड दिनु पर्छ ।

कार्यक्रममा पाटीका केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज वलराम अधिकारीले संविधानमा भएका सबै कुराहरु कार्यान्वयन गर्न सकेमा जनताहरु सबै सुखी हुने बताउनु भयो । संविधानमा सक्नेलाई काम, नसक्नेलाई दाम स्पष्ट रुपमा लेखिएको हुदा यस ऐतिहासिक संविधानलाई कार्यान्वयन गर्न सबैले जोड दिनु पर्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले संविधान दिवसको शुभकामना दिदै जनप्रतिनिधिहरुले जनताको भावना अनुरुप काम गर्नु पर्ने बताउनु भयो । जनताका कुरा सुन्ने र उनीहरुका समस्या समाधान गर्न पहल गर्न जनप्रतिनिधिहरु चुक्न नहुने शर्माको भनाइ थियो ।

पाटी उपाध्यक्ष विश्राम प्रसाद थारुले देशको ऐतिहासिक संविद्यानलाई कार्यान्वयन गर्नु हामी सबैको दायित्व भएको बताउनु भयो । पाटी उपसचिव शुसिला दर्लामीको सञ्चालनमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा केन्द्रीय नेता कार्यकर्ताको उत्साहजनक रुपमा उपरिस्थती रहेका जिल्ला प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।


प्रकाशित : २०८० आश्विन ३, बुधबार १९:१८