ताजा अपडेट

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

दसैंको नवौँ दिन स् महानवमी पर्व मनाइँदै

लुम्बिनी दर्पण २०८० कार्तिक ६, सोमबार ०९:४४
[sharethis-inline-buttons]

कार्तिक ६, २०८०
रासस

काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

 

दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

 

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

 

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।


प्रकाशित : २०८० कार्तिक ६, सोमबार ०९:४४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

भर्खरै

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech