रुपन्देहीको शुद्धाेधन गाउँपालिका कार्यालय मानपकडीले भुकम्पबाट प्रभावित भएकाहरुका लागि ५ लाख बराबरका खद्यान्न सामाग्री सहयोग गर्ने शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताउनुभयो।आपत विपतको घडीमा सहयोग गर्ने दायित्व रहेकोले भुकम्पमा परि ज्यान गुमाएका मृतक परिवारप्रति भावपुर्णा श्रद्धान्जली दिदै घाईतेहरुको शिघ्र स्वास्थ्यको कामना र सहयोग गर्ने उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बताउनुभयो।
मिति २०८० साल कार्तिक १७ गते शुक्रवार राती आएको विनाशकारी भुकम्पले घाइते र भुकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका लागि भुकम्पमा परि ठुलो धन जनको क्षति भएकोले यस गाउँपालिकाको विपत ब्यवास्थापन समितिको बैठक मिति २०८०/०७/१९ गतेको निर्णय अनुसार शुद्धाेधन गाउँपालिकाले ५ लाख बराबरका चामल,दाल,तेल,चिउरा,नुन लगायतका खद्यान्न सामाग्री सहयोग गर्ने गरि राहत संकलन गरि गाउँपालिकाको विपत ब्यवास्थापन शाखाको समन्वयमा संकलन गर्ने हुदाँ राहत समाग्री संकल भएका हुदाँ संघसंस्था , उद्योगी ब्यापारी, आमजनताहरुले गाउँपालिकाको विपत ब्यवास्थापन शाखाकाे समन्वयमा राहत साम्रागीहरु संकलनमा सहयोगका लागि निमित्त प्रमुख प्रशसकिय अधिकृत चन्द्रकान्त शर्माले ले आग्रह गर्नुभएको थियोे।
प्रकाशित : २०८० कार्तिक २२, बुधबार ११:४७