ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र

Lumbini Darpan 1 २०८० मंसिर ७, बिहीबार २०:२८
[sharethis-inline-buttons]

लुदस,कपिलवस्तु । लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा सदाका बर्षहरुमा झै यस बर्ष पनि यही मंसिर ११ देखी १३ गते सम्म तिन दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रम तयारी तिब्र रुपमा अगाडी बढेको अध्यक्ष थानेश्वर अधिकारीले बताए ।
सय बर्ष अगाडीबाट संचालन हुदै आएको सो मेलामा कपिलवस्तु, अर्घाखाँची, प्युठान,रुपन्देही र छिमेकी मुलुक भारत बाट समेत श्रद्धालु भक्तजनहरु मेला भर्न आउने गरेको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष करुण टण्डनले जानकारी दिएका छन् ।

सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको संयोजकत्वमा ५१ सदस्सिय मेला मुल आयोजक समिति गठन गरिएको छ । बैठकले लक्ष्मणघाट सामाजिक विकास केन्द्रका संस्थापक अध्यक्ष रन बहादुर काउचालाई मेलाको निर्देशक तोकेको छ यसैगरी संस्थाका कार्य समिति सदस्य तेज बहादुर थापालाई मेलाको संयोजक र संस्थाका कोषाध्यक्ष दिनेश थारु र हुम बहादुर घर्तिलाई सह–संयोजक तोकेको छ भने बिभिन्न बिषयगत समिति गठन गरेको सचिव सरिता थारुले बताइन् ।

प्रत्येक बर्ष पुर्णिमा मेलाको अवसरमा बिशेष गरी थारु समुदायका मानिसहरुले बाणगंगा नदिमा स्थान गरी गौपुजन गर्ने दान दिने कथा सुन्ने , मुण्डन गरी मनाइने यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेको मेलाका निर्देशक रन बहादुर काउचा जानकारी दिएका छन् । अहिलेको सो मेलामा बिभिन्न स्थानिय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न बिभिन्न व्यवसायिक, कृिष, खाद्यान्न तथा घरेलु उत्पादनका स्टलहरु राखिने भएको छ । साथै यस बर्ष देखी सो मेलामा पिङ,मोतका कुवा,झुला, मिक्की माउस र वाल उद्यान समेत राखिएकाले दर्शकहरुको उपस्थिती बढ्ने संस्थाका उपाध्यक्ष अन्जित खनालले जानकारी दिएका छन् ।

सो कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरु पुरुषोत्तम भण्डारी (पुर्खेबा), बसन्त लम्साल,लक्ष्मी बस्नेत, सम्झना रणपाल,गणेश क्षेत्री (जादुगर),पुर्णचन्द्र परियार,जिवन परियार,दिनेश रञ्जन,खेम चौधरी, बाल कलाकार एक्टिमा परियार,मोडल तथा डान्सर,सुमन पौडेल, सलिना नेपाली,शिव खनाल,दिपक भण्डारी,शारदा खनाल, कपिलवस्तु डान्स आइडल अजय थारु,स्नेहा थापा,मनमाया प्रजापती लगायतको प्रस्तुती रहने कार्यसमिति सदस्य मदन शर्माले जानकारी दिएका छन्। तिन दिन सम्म सञ्चालन हुने सो मेलामा करिव २०००० दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलाका संयोजक तेजबहादुर थापाले जानकारी दिएका छन् । सो मेला तथा साँस्कतिक कार्यक्रमलाई प्रभावकारी रुपमा सफल गर्न बिभिन्न संघ संस्था निकायसँग समन्वय गर्ने आयोजकले बताएको छ । मेलाको सह–आयोजकमा लक्ष्मणघाट बोलबमधाम विकास समिति रहने छ ।
सो मेलामा दुना टपरी गास्ने प्रतियोगिता आयोजना गरिने कार्यसमिति सदस्य मिना आले काउचाले बताइन् । मेलामा अहिले सम्म करिव ६० जना व्यापारीहरुले स्टल दर्ता गरेको कार्यसमिति सदस्य तथा स्टल संयोजक बिनोद खनालले जानकारी दिए । साथै व्यापारिक स्टलको रेखांकन गर्ने काम सम्पन्न भएको संयोजक खनालले बताएका छन् ।


प्रकाशित : २०८० मंसिर ७, बिहीबार २०:२८

Lumbini Darpan 1

लेखकबाट थप

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड
  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू
  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश
  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग
  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने
प्रतिक्रिया

यो पनि पढौँ

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech