
तेस्रो शुद्धोधन शैक्षिक महोत्सव,राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधी तिलोत्तमा अङ्ग्रेजी माध्यमिक विद्यालय शुद्धोधन ४ फर्साटिकरले चुम्न सफल भएको छ। तिलोत्तमाले ८ स्वर्ण ,४ रजत र ३ कास्य पदक प्राप्त गरेसङ्गै ह्याट्रिक गर्न सफल भएको हो।
यस्तै फर्साटिकर माध्यमिक विद्यालयले ५ स्वर्ण,५ रजत र ३ कास्य पदक प्राप्त गर्दै द्वितीय भएको छ।
लिटिल फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयले ४स्वर्ण ,५ रजत र ४ कास्य प्राप्त गर्दै तृतीय स्थान हासिल गरेको छ।
विजेता तथा विभिन्न स्थान हासिल गर्न सफल विद्यालयको जिल्ला समन्वय समिती प्रमुख उमाकान्त चापागाईं,शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले शिल्ड,मेडल,प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
गत मंगलबार बाट सुरु भएको महोत्सब तथा प्रतियोगितामा भलिबल,हाइजम्प,रङ्जम्प,सर्टफुट,ज्यावलिङ थ्रो,दौड,त्रीपल जम्प,वक्तव्यकला,नृत्य प्रतियोगिता लगायत विविध कार्यक्रम भएको थिए ।

