थानेश्वर अधिकारी । कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी डोटीको अध्यक्षमा गोपाल सुचिकार चयन भएका छन् । दिपायलको घटला होटलमा शनिवार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट सुचिकार अध्यक्षमा पुन निर्वाचित भएका हुन् । समितिको प्रथम उपाध्यक्षमा डेउडा गायक केशवराज फुलारा,महिलाउपाध्यक्षमा शान्ति चुनारा,सचिवमा दिपक नेपाली, कोषाध्यक्षमा टेक बहादुर ऐर, सहसचिवमा यशराज बि.सी.र सह कोषाध्यक्षमा दलबहादुर भण्डारी चयन भएका छन् ।
जसको सदस्यहरुमा शुशिल देवल,अमित नेपाली,फिल बाबा,नरेश नेपाली,सेसम नेपाली सहित ३ जना महिला पछि मनोनित गर्ने गरी १५ सदस्सिय कार्यसमिति चयन गरिएको छ । साथै सो अधिवेशनबाट कलाकार तथा पत्रकार झलक पाली झरनाको संयोजकत्वमा ३ सदस्सिय सल्लाहकार समिति चयन गरिएको छ । जसको सदस्यमा शेर बहादुर साँउद, पुष्पा बोहोरा रहेकी छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उप महासचिव जिवन परियारले राष्ट्रिय संगीतकर्मी संघ कलाकारहरुको साझा संस्था रहेको बताएका छन् । मन्तव्यमा क्रममा परियारले देशभरी छरिएर रहेका अग्रज तथा अनुज कलाकारहरुलाई संगठित गरी गीत संगितको जगेर्ना गर्न संस्था लागिररहेको बताएका छन् । यस्तै गरी डोटेली भाषाको डेउडा संस्कृति गहिराई सम्म पुग्दा छुट्टै आनन्द आउने बताएका छन् । कार्यक्रमकी विशिष्ट अतिथिा राष्ट्रिय संगीतकर्मी संघ सुदुरपश्चिम प्रदेश महिला उपाध्यक्ष अम्बिका कुमारी राईले सुदुरपश्चिम क्षेत्र पनी कलाकारहरुको उर्वर भुमी रहेकाले यसक्षेत्रमा प्रचलित देउडा गीतको संरक्षण र सर्वद्र्धन गर्नु अहिलेको आवश्यकता रहेको बताइन् ।