बिनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वरमा “घर हाम्रो खोटाङ्गको चिसापानीमा” सार्वजनिक

[sharethis-inline-buttons]

लुदस,१ माघ । गायक विनोद ढकाल र स्वर्गीय गायिका निरा छन्त्यालको स्वर रहेको पछिल्लो गीत घर हाम्रो खोटाङ्गको चिसापानीमा सार्बजनिक भएको छ । गायिका छन्त्यालको २०७९ साल माघ १ गते पोखरामा बिमान दुर्घटनामा परी निधन भएको थियो । बागलुङ्ग जिल्लामा जन्मिएकी निरा थुप्रै श्रोता तथा दर्शकहरुको मनमा बस्न सफल भएकी थिइन्। गीत नबिन योगीले बजारमा ल्याएका हुन् ।

गायक बिनोद ढकाल र ल्याब म्युजि युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतलाई नबिन योगीले लेखेका हुन् भने संगीत गायक स्वयम् बिनोदले भरेका छन् । गीतमा बाचुन्जेल हामि किन गर्छौं तेरो र मेरो मरिजाने चोलामा हाँसखेल गरेर नै जिबन बिताउं भन्ने किसिमको भाव समाबेश गरिएको छ । गीतले खोटाङ्ग जिल्लालाई आन्तरिक पर्यटन प्रबर्धनमा पनि टेवा पुग्ने बिश्वास गर्न सकिन्छ ।

“घर हाम्रो खोटाङ्गको चिसापानीमा” बोलको गीतको म्युजिक भिडियोमा बिनोद ढकाल, रिना गुरुङ्ग, रबिन्द्र रिमाल र आशिक खातीको जिवन्न अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन बिशाल गोंबा र सम्पादन रोशन धितालले गरेका छन् ।  भिडियो सहित………..


प्रकाशित : २०८० माघ १, सोमबार १३:११