जनताको काम र विकास गर्नका लागि एमाले सरकारमा गएको हो : नेता घिमिरे

[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले एमाले सरकार गएर काम गरेर देखाउने बताउनु भएको छ । अखिल नेपाल महिला सङ्घ कपिलवस्तु जिल्लाको ११ औँ जिल्ला अधिवेशनको बोल्दै घिमिरे सरकारमा उत्कट काम गर्दै मिसन ८४ को अभियानमा समेत केन्द्रित रहेको बताउनु भयो ।

उहाँले एमाले निर्वाचनमा जाँदा सुकुम्वासीलाई जग्गा र गरिबलाई घर बनाउने प्रतिबद्धता गरेको थियो । त्यसलाई पुरा गर्ने जिम्मेवारी आएको बताउनु भयो । संयोगले अहिले मन्त्रालयको जिम्मा कपिलवस्तुले पाएको छ । त्यसलाई पुरा गरी जनता सँग गरेको बाचा पुराउन ढुक्क हुन आग्रह गर्नु भयो । ओली नेतृत्व सरकारले गठन गरेको भूमि आयोग विघटन पछि बनेको नयाँ आयोगले कुनै काम नगरेको हुँदा त्यसलाई विघटन गरी नयाँ आयोग बन्ने समेत उहाँले बताउनु भयो ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय सचिव बिना ज्ञवालीले सडक देखि सरकारमा महिला नेतृत्व आउने पर्नेमा जोड दिनुभयो नयाँ गठबन्धनले महिला हकका हितमा काम गर्नु पर्ने बताउनु भयो । अधिवेशनमा सम्वोदन गर्दै एमाले जिल्ला अध्यक्ष डम्बर शर्माले अनेमसंघको सक्रियताले एमाले पार्टीलाई जनमानसमा बालियो बनाएको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा सङ्घीय सांसद मङ्गल प्रसाद गुप्ता, एमाले लुम्बिनी प्रदेश उपमहासचिव लीला राना, प्रदेश कमिटी सदस्य शारदा शर्माले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, प्रदेश सभा सदस्य नवराज लामिछाने, एमाले लुम्बिनी प्रदेश सदस्य धनु अधिकारी, विमला चौधरी, चन्द्रकला भट्टराई, खुम प्रसाद आचार्य, एमाले कपिलवस्तु उपाध्यक्ष विश्राम प्रसाद थारु, अनेमसंघ केन्द्रीय सदस्य रिता कु। थारु, सङ्घ लुम्बिनी प्रदेश अध्यक्ष पम्फा खनालको सहभागिता रहेको थियो ।

अधिवेशनमा पूर्व अध्यक्ष विमला घिमिरे, योगमाया पौडेल, प्रभा पौडेल, सूर्य कुमारी शाही, शारदा शर्मा र जाजरकोट महा भूकम्पमा जन श्रमदान गर्ने सुशीला दर्लामी, लक्ष्मी न्यौपाने, गङ्गा घर्ती, भुमा बस्याल, तारा थापा, लक्ष्मी हमाललाई सम्मान गरिएको थियो । कार्यक्रममा शान्ता पाण्डेको अध्यक्षता, लक्ष्मी हमालको सञ्चालन र लक्ष्मी थारुले स्वागत मन्तव्य राख्नु भएको थियो ।


प्रकाशित : २०८० चैत्र ११, आईतवार १६:१६