ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एमाले कपिलवस्तुको १० औं अधिवेशन : नेतृत्वमा त्रिपक्षीय लडाई

Lumbini Darpan 2 २०८१ बैशाख २३, आईतवार ०८:३४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले देशव्यापी पार्टीको जिल्ला अधिवेशनमा केन्द्रित छ । जसका लागि कतिपय जिल्लाले पार्टीको आगामी जिल्ला नेतृत्वको टुङ्गो लगाएका छन भने कतिपय जिल्लामा अधिवेशन तयारी तिव्र पारिएको छ ।
नेकपा एमाले कपिलवस्तुको १० औँ जिल्ला अधिवेशन यही वैशाख २६ गतेका लागि तय भएको छ । उक्त अधिवेशनबाट आगामी जिल्ला नेतृत्व कसले पाउने भन्ने आम पार्टी पङ्तिमा चासोको विषय पनि बनेको छ ।
एमाले कपिलवस्तुको आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने बताए पनि त्यो सम्भावना भने कम देखिएको छ । आगामी नेतृत्वका लागि जिल्लामा आकांक्षि नेताहरु धेरै देखिएका कारण सर्वसम्मत नेतृत्व चयनमा एमाले कपिलवस्तुलाई सकस परेको छ ।

एमाले जिल्ला कमिटिको अध्यक्ष पदमा वर्तमान अध्यक्ष डम्मर शर्मा पुनः एक कार्यकाल आफैले नेतृत्व लिने सोचका साथ पार्टीभित्र लबिङ गरिरहेका छन । उनले आफ्नो कार्यकाल पुरा नभएका कारण पनि एकपटक नेतृत्वको अवसर आफुले पाउनुपर्ने विचार व्यक्त गरेको बुझिएको छ । शर्माले एमाले कपिलवस्तुको २०७८ पुष मा भएको ९ औँ अधिवेशनमा चुनावी प्रतिश्पर्धाबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै एमाले कपिलवस्तुको आगामी नेतृत्वका लागि राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका संस्थापक अध्यक्ष समेत रहेका बाबुराम खनाल पनि आकांक्षि देखिएका छन् । उनी एमाले कपिलवस्तुको विभिन्न जनवर्गीय संगठन र पार्टीको लामो राजनीति गरेका नेता हुन । खनाल जिल्ला कमिटी सदस्य, सचिव, उपाध्यक्ष हुँदै पार्टीको प्रदेश कमिटी सदस्य समेत बनिसकेका छन् । गत अधिवेशनमा अध्यक्षका लागि उम्मेद्धार रहेका खनाल शर्मासँग पराजित भएका थिए । यसपटक आफूले जिल्लाको नेतृत्व पाउनुपर्ने उनको दाबी रहेको छ । कपिलवस्तु जिल्लाको उत्तर—दक्षिणी क्षेत्रमा पार्टीको संगठन विस्तार र विभिन्न निकायसँगको समन्वयकारी भुमिका राख्न दख्खल रहेका खनाल यसपटक जिल्लाको नेतृत्व आफूले पाउनेमा आशावादी छन् ।

यस्तै एमाले कपिलवस्तुका उपाध्यक्ष रहेका विश्राम प्रसाद थारु अर्का अध्यक्षका दावेदार नेता हुन । उनी संविधान सभा सदस्य समेत भएका नेता हुन । उनले कपिलवस्तुको नेतृत्व आफूले पाउनुपर्ने र त्यो अवसर प्रदान गर्न पार्टीभित्र माहोल बनाउन लागिरहेको बताइएको छ । थारुले विभिन्न समयमा भएका संसदीय निर्वाचनमा एमाले कपिलवस्तुका तर्फबाट नेतृत्वदायी भुमिका खेलका थिए । आफूले पार्टीको सेल कमिटि, गाउँ कमिटि, जिल्ला कमिटि उपसचिव हुँदै हाल सम्म विभिन्न समयमा योगदान गरेकाले अहिलेको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेका छन् ।

एमाले कपिलवस्तुको वैशाख २६ को अधिवेशनमा अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिश्प्रधा हुने देखिएको छ । जसका कारण पनि यो अधिवेशन कपिलवस्तुमा सर्वसम्मत हुने सम्भावना न्यून देखिन्छ । नेताहरुले आ—आफ्नै दावीका साथ उम्मेद्धारी दिने र आफुले नै नेतृत्व गर्ने दाबी गर्छन् ।

यस्तै एमाले कपिलवस्तुको उपाध्यक्षमा पनि आकांक्षिहरु धेरै छन् । उपाध्यक्ष पद का लागि बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे, जिल्ला कमिटि सचिवालय सदस्य भेषराज पाण्डे र पिताम्बर खनालको नाम चर्चामा रहेको छ । उपाध्यक्ष पदमा अन्य नेताहरुको पनि उम्मेद्धारी आउन सक्ने आँकलन गरिएको छ ।

यस्तै जिल्ला सचिव पदमा पनि प्रतिश्प्रधा पेचिलो हुने देखिएको छ । सचिव पदमा समेत नेताहरु खुलेरै प्रचारप्रसारमा जुटेका छन् । नेकपा एमाले सचिवालय सदस्य तथा जिल्ला निर्वाचन विभाग प्रमुख तथा पार्टीका निर्वाचन क्षेत्र नं. १ का सह संयोजक तथा रहेका विश्व कार्की, हालका सचिव रहेका सि.बी गहतराज र बुद्धभुमि नगर इन्चार्ज रहेका देविप्रसाद बेल्वासे मुख्य आकांक्षीको रुपमा देखिएका छन् । अधिवेशन मिति सम्म यो संख्या पनि बढ्ने देखिएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रबाट नेताहरुले आफै उम्मेद्धारको दाबी गरेका छैनन् । जसका कारण पनि बाणगंगा क्षेत्रबाटै पदाधिकारीमा उम्मेद्धार देखिएका छन् । एमाले कपिलवस्तुको उप सचिव पदका आकांक्षीहरु एक दर्जनबढी रहेको बुझिएको छ । उनीहरु व्यक्तिगत ढङ्गले प्रचारप्रसारलाई जोड दिएका छन् ।

अधिवेशनको समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने गरी तयारी तिव्र पारीएको एमाले कपिलवस्तुले जनाएको छ । अधिवेशनका लागि जिल्लाका ९६ वडा र २३ वटा जनवर्गीय संगठन तथा आयोजक कमिटि गरी ५ सय बढी प्रतिनिधिहरु सहभागी हुँदै छन् । यो अधिवेशन कपिलवस्तुको चन्द्रौटामा आयोजना गरिँदै छ ।


प्रकाशित : २०८१ बैशाख २३, आईतवार ०८:३४

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech