ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एमाले कपिलवस्तुको सचिवमा विश्व कार्की आकांक्षी, प्रतिनिधि उत्साहित (यस्तो छ राजनीतिक ईतिहास)

Lumbini Darpan 2 २०८१ बैशाख २५, मंगलवार ०६:३२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
विगत ४० बर्ष भन्दा बढी देखि नेकपा (एमाले) का विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका विश्व कार्कीले एमाले कपिलवस्तुको सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

वि.स. २०३८ सालको माघमा जनता मा.वि.पिपरामा भएको स्ववियु निर्वाचनमा कक्षा ४ मा अध्ययन गर्दा देखिनै पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुको प्यानलमा मतदान गरि संगठित कार्कीले एमाले कपिलवस्तुको सचिवमा आफ्नो आवश्यक रहेको भन्दै उम्मेद्वारी घोषणा गर्नुभएको हो । यहि बैशाख २६ र २७ गते हुने पार्टीको १० औं जिल्ला अधिवेशनका लागि समग्र अग्रज नेता, युवा वर्ग र पार्टीका शुभचिन्तकहरुको माग बमोजिम सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको कार्कीले बताउनुभयो ।

विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टी हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र राजनीतीमा युवाहरुको पहुँच पु–याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।

लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएका कार्की युवावर्गहरुको रोजाई र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । हाल उहाँ पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य, क्षेत्र नं. १ का सह -संयोजक तथा पार्टीको जिल्ला निर्वाचन विभाग प्रमुखको जिम्मेवारी हुनुहुन्छ ।

२०३८ सालमा अनेरास्ववियुमा संगठित कार्की २०४२ सालमा अनेरास्ववियुमा क्रियाशिल हुनुभयो त्यस्तै २०४४ सालमा अनेरास्ववियु अर्घाखाँचीमा संगठित भई जिम्मेवारी सम्हाल्नुभएको थियो । २०४६ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा संगठित उहाँ २०४६ सालको भदौ महिनामा गुल्मीमा गिरफ्तार भई ८ दिनमा रिहा हुनुभयो ।

२०४६ सालको जनआन्दोलनमा २०४६ सालको फागुन ८ गते गिरफ्तार पश्चात १ दिन कष्टडिमा बसी फागुन ९ गते जेल चलान भई चैत्र १३ गते रिहा हुनुभयो रिहा पश्चात आन्दोलनमा फेरी सरिक हुंदै सक्रिय राजनिति यात्रालाई अगाडि बढाउनुभएको थियो ।

२०४७ सालमा अनेरास्ववियु कपिलवस्तुको जिल्ला कमिटि सदस्य हुनुभएका उहाँ २०४९ सालको जेठमा अनेरास्ववियु जिल्ला कमिटि कपिलवस्तुको अध्यक्षको जिम्मेवारी सम्हाल्न पुग्नुभयो ।

२०५२ सालमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटि सदस्य, २०५४ सालमा सचिव तथा २०५५ सालमा लुम्बिनी अञ्चल कमिटि सदस्य भई सक्रिय राजनितिमा होमिनुभयो ।

त्यस्तै २०५५ सालमै पिपुल्स भोलेन्टीयर्सको कपिलवस्तु जिल्ला प्रमुख हुनुभएका कार्की २०५७ सालमा आएर एमाले जिल्ला कमिटि कपिलवस्तुको निर्वाचनबाट जिल्ला कमिटि सदस्य हुनुभयो ।
२०६४ सालमा युथफोर्स कपिलवस्तुका संस्थापक भई जिम्मेवारी पुरा गर्नुभएका कार्की २०६९ सालको आठौँ जिल्ला अधिवेशनबाट हालसम्म जिल्ला कमिटि सदस्य हुँदै सचिवालय सदस्य रहदै आउनुभएको छ ।
२०७२ सालमा भएको पार्टी एकता भए पछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समेत नगर अध्यक्ष बन्नुभएको थियो ।

राजनितिमा मात्र नभई बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष समेत रहनुभएका कार्कीले जिल्लामा नमुना खानेपानी बनाउन सफल हुनुभएको छ ।

कार्कीले सचिवमा उम्मेद्वारी दिएसंगै जिल्लाका युवावर्गहरु उत्साहित भएका छन् भने सचिव हुने प्रबल सम्भावना रहेको कार्यकताहरु बताउँछन् ।

लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माणमा अहम भूमिका निर्वाह गर्दै आउनु भएका कार्कीले जिल्ला अधिवेशन नजिकिदै गर्दा अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न सचिवमा उम्मेद्वारी रहेको बताउनु भयो । विभिन्न निर्वाचनहरुमा विभिन्न निकायको समन्वयमा पार्टीको नेतृत्वदायी भुमिका पुरा गर्नमा नेता कार्की सिपालु हुनुहुन्छ ।

कार्की पार्टी एकताको समय देखि नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीका हार्ड लाईनरको रुपमा चिनिनुहुन्छ ।

यहि बैशाख २६ र २७ गते चन्द्रौटामा हुने एमाले कपिलवस्तुको १० औं जिल्ला अधिवेशन पार्टीका अध्यक्ष केपी शर्माले उद्घाटन गर्नुहुनेछ ।


प्रकाशित : २०८१ बैशाख २५, मंगलवार ०६:३२

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech