ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित, उपाध्यक्षमा पाण्डे

Lumbini Darpan 2 २०८१ बैशाख २९, शनिबार १२:४९
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तुको १० औं अधिवेशनबाट अधिकांश नेताहरुको साथ पाएर अध्यक्षको प्रत्यासी बनेका निवर्तमान अध्यक्ष डम्बर शर्मालाई पराजित गर्दै प्रतिनिधिले बाबुराम खनाललाई जिताएका छन् ।

प्रदेशका केही जिल्लामा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नाम जोडेर प्रचार गरिएपनि कपिलवस्तुमा दुवै समूहका नेताहरु भनेर चिनिनेहरुले शर्मालाई नै अध्यक्ष बनाउन प्रयास गरेका थिए । तर अधिकांश नेताहरुको साथ पाएका निवर्तमान अध्यक्ष शर्मालाई एमाले कार्यकर्ताले भने पत्याएनन् । कार्यकर्ताले शर्मालाई मात्र होइन उनको पक्षबाट उठेका अधिकांश नेताहरुलाई रोकेका छन् ।

शर्माको पक्षमा संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेका एमाले पोलिटब्यूरो सदस्य बलराम अधिकारी, पोलिटब्यूरो सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराई, राष्ट्रिय सभाका उपाध्यक्षसमेत रहेकी नेतृ विमला घिमिरे, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने, लुम्बिनी प्रदेशका मन्त्री अर्जुन केसीसहित अधिकांश प्रभावशाली नेताहरुले समर्थन गरेका थिए ।

बुधबार अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माथिको आधिकारिक उम्मेदवार कोही नभएकाले कसैले त्यसरी प्रचार गरे प्रतिनिधिले हराएर पठाउनुपर्ने बताएका थिए । ठीक त्यसै गरेर प्रतिनिधिले मतदान गरेका छन् ।

शर्मा पक्षका नेताहरुले उम्मेदार मनोनयनपछि अध्यक्षमा मनोनयन गरेका निवर्तमान उपाध्यक्ष विश्रामप्रसाद चौधरीलाई फिर्ता गराएर उनको पक्षमा माहोल बनाएका थिए । उनी पक्षका एक नेताले चौधरीको उम्मेदारी फिर्ता भएपछि शर्माले फराकिलो मतान्तरले निर्वाचन जित्ने आंकलन गरेका थिए । तर नतिजा ठीक उल्टो आयो ।

शर्मा एमाले कपिलवस्तुको २०७८ पुसमा भएको ९ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । उनको यो कार्यकालमा स्थानीय तथा संघ र प्रदेशको चुनावमा पार्टीले यसअघिभन्दा राम्रो स्थान ल्याएको भन्दै नेताहरुले प्रशंसा गरेपनि पार्टी प्रतिनिधिले रुचाएनन् ।

नेतृत्वमा विजयी बाबुराम खनाल एमाले कपिलवस्तुका विभिन्न जनवर्गीय संगठन र पार्टीको लामो राजनीति गरेकाले बलियो दावेदार मानिएपनि धेरै नेताहरु उनको पक्षमा थिएनन् । खनाल जिल्ला सदस्य, सचिव, उपाध्यक्ष हुँदै पार्टीको प्रदेश कमिटी सदस्य बनिसकेका अनुभवी नेता हुन् । जिल्लाको नवौं अधिवेशनमा अध्यक्षका लागि उम्मेदवार रहेका खनाल शर्मासँग पराजित भएका थिए ।

कपिलवस्तु जिल्लाको उत्तर–दक्षिणी क्षेत्रमा पार्टीको संगठन विस्तार र विभिन्न निकायसँगको समन्वयकारी भूमिका राख्न दख्खल रहेका खनालले अघिल्लो अधिवेशनमा पराजित भएपछि पनि निरन्तर पार्टी काममा लागेको बताएका थिए । खनालको पक्षमा भने प्रदेश सांसद विष्णु पन्थी, पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेललगायतले समर्थन गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा पराजित भेषराज पाण्डे मन्त्री बलराम अधिकारीका प्रमुख स्वकीय सचिव हुन् । उनी पनि डम्बरको लाइनबाट उम्मेदार बनेका थिए । उनी मन्त्रीको स्वकीयमा जाँदा पनि जिल्लामा उम्मेदवार हुन पाउने सहमति गराएर मात्रै गएका थिए । उनी नेता शंकर पाण्डेसँग फराकिलो मतले पराजित भएका हुन् ।

सचिवमा विजयी सिबी गहतराज पनि बाबुराम समूहमै थिए । उनले शर्मा समूहका विश्व कार्कीलाई फराकिलो मतले जितेका हुन् । त्यसैगरी उपसचिवमा विजयी देवी पोखरेल र शुशीला दर्लामी पनि खनाल समूहकै भएको दावी गरिएको छ ।

एमालेका जिल्ला अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल समूह बनेर प्रतिस्पर्धा गरेको विषय बाहिर आएपनि कपिलवस्तुले त्यसलाई उल्टाइदिएको छ ।

एमाले प्रदेश कमिटी सचिवालय सदस्य मोहन चापागाईका अनुसार बाहिर प्रचार गरिए जसरी जिल्ला तहमा नेताहरुको समूह नबनेको बताए । उनले नवलपरासी, बर्दिया, रुकुमपूर्व,रोल्पा र कपिलवस्तुका निर्वाचनमा त्यसरी समूह नबनेको जनाए ।

एमाले पोलिटब्यूरो सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले जिल्लामा कुनै नेता विशेषको समूह नभएको र बाहिर प्रचार भएको गुट पनि भत्काएको बताए । उनले जिल्लामा प्यानलगत उम्मेदारी पनि नभएको दावी गरे ।

एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले अबको नेतृत्वका लागि कोही नेता विशेषको पक्षमा भन्दा भूगोलमा काम गर्नुपर्ने सन्देश आएको बताए । उनका अनुसार प्रदेशका कुनै जिल्लामा कोही नेताले समूहगत उम्मेदारी दिन लगाएको प्रचार गलत भएको तर केही व्यक्तिले त्यसरी प्रचार गरेको हुनसक्ने जनाए ।


प्रकाशित : २०८१ बैशाख २९, शनिबार १२:४९

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो
  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट
  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने
  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech