
हरि आचार्य, कपिलवस्तु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुकाे ईन्चार्जकाे जिम्मेवारी गिरधारिलाल न्याैपानेले पाउनुभएकाे छ । पार्टिका केन्दिय सदस्य तथा कृषि एवम् पशुपंक्षी विकास विभाग प्रमुख समेत रहनुभएमा नेता न्याैपानेलाई कपिलवस्तु ईन्चार्जकाे जिम्मवारि प्रदान गरिएकाे हाे । एमाले सचिवालय कमिटिकाे बैठकबाट साे जिम्मेवारी प्रदान गरेकाे हाे । नेता न्याैपाने लुम्बिनि प्रदेश सांसद तथा प्रदेश सभा विशेषाधिकार समितिकाे सभापति पनि हुनुहुन्छ ।
ईन्चार्जकाे जिम्मेवारी पाएसंगै पार्टिकाे विधि विधान र सिद्धान्तकाे पालना गर्दै पार्टिकाे केन्द्रीय निर्देशन तथा जिल्ला कमिटिसंगकाे समन्वय र सम्पुर्ण नेता कार्यकर्ताकाे सल्लाह सुझावकाे साथमा अगाडि बढ्ने बताउनुभयाे । उहाँले याेग्य ठानि जिम्मेवारी प्रदान गर्नुभएकाेमा धन्यवाद व्यक्त गर्नुभयाे ।
त्यस्तै पार्टीका पुर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेललाई केन्द्रिय निर्वाचन अयोगको सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । उता एमाले कपिलवस्तु क्षेत्र नं. २ को ईन्चार्जमा बृजेश कुमार गुप्ता र क्षेत्र नं. ३ को ईन्चार्जमा सुशिल कुमार श्रीवास्तवलाई पार्टीको सचिवालय कमिटी बैठकले जिम्मेवारी प्रदान गरेको हो ।

