एमाले बाणगंगाका ११ वटै वडाको अधिवेशनको तयारी पुरा : नगर अध्यक्ष अर्याल

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाणगंगा नगर कमिटीको निर्णय अनुसार नगरपालिकाका सबै वडामा भोलि भदौ २९ गते वडा अधिवेशन हुंदैछ । नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएसंगै तिब्र गतिमा पार्टीका गतिविधि भईरहेका बेला सबै वडाको अधिवेशन पहिलो प्राथमिकतामा राखेसंगै भोलि सबै वडाको अधिवेशन एकै पटक हुने भएको हो ।

नगर कमिटी अध्यक्ष अर्यालले नगर कमिटीको अध्यक्षमा निर्वाचित भएसंगै जिल्ला कमिटी, नगर कमिटी लगायत पार्टीका नेता कार्यकर्तासंग आन्तरिक छलफल र अन्तरक्रियामा व्यस्त हुनुहुन्छ । भोलि बाणगंगाका ११ वटै वडाको वडा कमिटी अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको सबैै वडा कमिटीका अध्यक्षलाई उदृत गर्दै नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।


प्रकाशित : २०८१ भाद्र २८, शुक्रबार २२:२८