ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनीमा मुख्यमन्त्री आचार्यको सचिवालय १६ सदस्यीय, ८० हजारसम्म तलब

लुम्बिनी दर्पण २०८१ पुष १५, सोमबार १३:४९
[sharethis-inline-buttons]

समाचार साभार- ग्लोवल आवाज

बसन्त आचार्य

प्रत्येक भाषणमा आर्थिक मित्वययिता र अनावश्यक खर्च कटौती कायम गर्ने भन्दै गफ लगाउने लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो सचिवालयलाई भने जम्बो बनाएको पाइएको छ । उनले एक दर्जन भन्दा बढीलाई नियुक्ति दिएर राज्य कोषबाट तलब–भत्ता खुवाएको पाइएको हो ।

मुख्यमन्त्री कार्यालयबाट ग्लोबल आवाजलाई प्राप्त भएको विवरण अनुसार मुख्यमन्त्री आचार्यले प्रमुख राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार, स्वकीय सचिव, स्वकीय, प्रेस संयोजक, विभिन्न विज्ञ, फोटोग्राफर, कार्यालय सहयोगी तथा नीजि सचिवालय गरी १६ सदस्यीय जम्बो सचिवाय बनाएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएदेखि नै आचार्यले हरेक सार्वजनिक भाषणमा खर्च कटौती गर्ने तथा आर्थिक मित्वययिता कायम गर्ने र अनावश्यक नियुक्ति रोक्ने बताउँदै आएका छन् । आर्थिक मितव्ययिता कायम गर्ने भन्दै पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले निर्णय गरेर पूर्व विशिष्ट पदाधिकारीले गाडी सुविधा दिने निर्णय खारेज गरी गाडी फिर्ता ल्याए ।

तर, मुख्यमन्त्री आचार्यले आफ्नो सचिवालयमा भट्टाभट कार्यकर्ता नियुक्ति गरी मित्वययिता देखाएन् । मुख्यमन्त्री आचार्यले सचिवालयमा राखेकाले न्यूनतम साढे २४ हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक तथा भत्ता बुझ्ने गर्छन्।

राजनैतिक सल्लाहकारलाई राज्य मन्त्री र जनसम्पर्क सल्लाहकारलाई सहायक मन्त्रीको सुविधा
मुख्यमन्त्री आचार्यले राजनैतिक सल्लाहकारलाई राज्यमन्त्री सरह र जनसम्पर्क सल्लाहकारलाई साहयक मन्त्री सरहको सुविधा दिने गरी नियुक्ती गरेका छन् । मुख्यमन्त्रीले प्रमुख राजनैतिक सल्लाहकार बर्दियाका लक्ष्मणराज ज्ञवालीलाई नियुक्त गरेका छन् ।

उनले राज्यमन्त्री सरह सेवा तथा सुविधा लिन्छन् । अर्थात उनले सञ्चार, अतिथि सत्कारसहितका शिर्षकमा ८० हजार ८४० रुपैयाँ मासिक सेवा–सुविधा बुझछन् । यसका साथै मुख्यमन्त्रीको राजनीतिक सल्लाहाकारले पनि एक जना स्वकीय सहायक, स्वकीय कार्यालय सहयोगि र हलुका सवारी चालक पनि उनले राख्न पाउँछन् ।

मुख्यमन्त्री आचार्यले जनसम्पर्क सल्लाहाकारको रुपमा डा।रामबहादुर राउतलाई नियुक्त गरेका छन् । उनले राज्यमन्त्री सरह सेवा तथा सुविधा पाउँछन् । उनले तलब तथा विभिन्न शिर्षकका भत्ता सहित ६४ हजार ८०० मासिक रुपमा बुझछन् । जनसम्पर्क सल्लाहाकारले पनि राजनीतिक सल्लाहकारले जस्तै ३ जनालाई छुट्टै नियुक्त गर्न पाउँछन् ।

यस्तै आचार्य स्वकीय सचिवमा कुशल भुसाल, स्वकीय अधिकृतमा प्रदिप नेपाली र लेखनाथ खनाललाई नियुक्त गरेका छन् । स्वकीय सचिवले उपसचिव र स्वकीय अधिकृतले शाखा अधिकृत सरहको तलब लिन्छन् । स्वकीय सचिव भुसालले ४८ हजार ७३७ र स्वकीय अधिकृतहरुले ४३ हजार ६८९ रुपैयाँ बुझछन् ।

मुख्यमन्त्रीले ४ जनालाई विज्ञको रुपमा नियुक्त गरेका छन् । उनले जीवन अर्याललाई पूर्वाधार विज्ञ, युवराज घिमिरेलाई ग्रामिण विकास विज्ञ, ईश्वरीप्रसाद आचार्यलाई अर्थ विज्ञ र दलबहादुर गुरुङलाई शिक्षा विकास विज्ञको रुपमा नियुक्त गरेका छन् । ग्रामिण विकास विज्ञ युवराज घिमिरेले बुटवल बहुमुखी क्याम्पसमा अध्यापन समेत गराउँछन् ।

उनीहरुले ६० हजार ४९० रुपैँया तलब पाउँछन् । मुख्यमन्त्रीले विज्ञमा नियुक्त गरेता पनि मन्त्रालयमा गएर काम भने गदैन् । यस्तै मुख्यमन्त्रीले प्रेस संयोजकमा दशरथ घिमिरेलाई, कम्प्युटर अपरेटरमा गिरीबाबु खनाल, फोटोग्राफमा विष्णुप्रसाद घिमिरे, कार्यालय सहयोगितमा लक्ष्मी पाण्डे र भेषराज पौडेललाई नियुक्त गरेका छन् । प्रेस संयोजकले ४३ हजार ६८९, कम्प्युटर अपरेटर र फाटोग्राफरले ३४ हजार ७३० तथा कार्यालय सहयोगिले २४ हजार ७०२ रुपियाँ मासिक रुपमा तबल वाफत पाउँछन् । यस्तै मुख्यमन्त्री आचार्यको नीजि सचिवालतर्फ २ जना रहेका छन् । नीजि स्वकीय सचिवमा प्रेम गौतम र अधिकृतमा भिम खनाल रहेका छन् ।

यसरी प्रमुख राजनीतिक सल्लाहकारदेखि कार्यालय सहयोगीसम्मले पाउने सुविधा अनुसार मुख्यमन्त्री आचार्यको सचिवालयले मात्र प्रदेश सरकारको मासिक ६ लाख भन्दा बढी थप व्ययभार बढाएको छ । धेरै सुविधा लिने प्रमुख राजनीतिक सल्लाहकार र विज्ञहरु प्रायः मुख्यमन्त्री कार्यालयमा भेटिँदैनन्।

यस्तै प्रदेश सरकारका मन्त्रीहरूले ३ देखि ५ जनासम्मको सचिवालय बनाएका छन् । त्यसले प्रदेश सरकारको राज्य कोषबाट मासिक २० लाख रुपैयाँभन्दा बढी थप खर्च भइरहेको छ । लुम्बिनी अहिले मुख्यमन्त्रीसहित ११ जना मन्त्री छन् ।

आफु अनुकुल कानुन बनाउँदै नियुक्ति
२०७५ साल साउन २२ गते राजपत्रमा प्रकाशित भएको मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक ऐन, २०७५ मा मुख्यमन्त्रीको सचिवालय ७ सदस्यीय रहने गरी कानुन बनाइएको थियो । उक्त ऐन अनुसार स्वकीय सचिव, स्वकीय अधिकृत २ जना, प्रेस संयोजक, स्वकीय सहायक, हलुका सवारी चालक र कार्यालय सहयोगि गरी ७ सदस्यी सचिवाल रहने व्यवस्था थियो ।

यसलाई ऐनलाई पहिलो पटक २०७६ सालमा मंसिरमा पहिलो पटक शंशोधन गरी मुख्यमन्त्री, मन्त्री, सभामुख, सांसदको सेवा सुविधा बढाइएको थियो । यस्तै २०७७ मा ऐनलाई दोस्रो पटक शंसोधन गरेर राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार थप गर्ने र उनीहरुको सेवा सुविधा क्रमशः राज्यमन्त्री र सहायक मन्त्री सरह हुने कानुन बनाइयो ।

यस्तै २०७८ कार्तिकमा सो ऐनलाई संशोधन गरी मुख्यमन्त्रीको सचिवालयमा वित्त सल्लाहकार, दोभासे, फोटोग्राफ, स्वकीय कार्यालय सहयोगि राख्न मिल्ने बनाइयो । २०७९ मा मुख्यमन्त्रीको सचिवालयमा पूर्वाधार विज्ञ, २०८० बैशाखमा २ जना सल्लाहकार र ३ जना विज्ञ राख्ने गरी ऐन, संशोधन गरिएको थियो । यसरी ऐन संशोधन गरी मुख्यमन्त्रीले आफ्नो सचिवालयमा १७ जनासम्मलाई नियुक्त गर्न पाउने गराइएको छ । मुख्यमन्त्री आचार्यले यही कानुनलाई टेकेर सचिवालयमा अझै ३ जनालाई नियुक्त गर्न पाउँछन्।

आफु अनुकलको सेवा तथा सुविधा सम्बन्धी ऐन संशोधन सजिलैसँग गर्ने मुख्यमन्त्री तथा मन्त्री, सांसदहरुले आम नागरिकसँग जोडिएका धेरै ऐन, लामो समयसम्म पनि संशोधन हुुन गर्न भने उदासिनता देखाउँदै आएका छन् ।


प्रकाशित : २०८१ पुष १५, सोमबार १३:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech