ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लगानी सहजताका लागि सरकारले ल्याएको अध्यादेशमा के के छ

लुम्बिनी दर्पण २०८१ पुष २७, शनिबार ११:१४
[sharethis-inline-buttons]

सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । सार्वजनिक सेवा प्रवाहमा सहजताका लागि अध्यादेश ल्याइएको एक मन्त्रीले जानकारी दिए । भूमिसम्बन्धी तथा एनआरएनएसम्बन्धी अध्यादेश ल्याइएको छ ।सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्षसम्म नेपाल बस्दा भिसा निःशुल्क गरिने भएको छ । त्यस्तै, गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न पाउने व्यवस्था गरिउको छ । विदेशी लगानीका रूपमा अनुमति लिनुनपर्ने पनि निर्णयमा उल्लेख छ ।सरकारको कार्यसम्पादन सरलीकरण गर्दै सात दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ । अध्यादेशमार्फत संशोधन हुने कानुनमा सरकारका कामको सम्पादन सरलीकरण सात दिनभित्र नभए कारबाही हुने व्यवस्था गरिएको हो । त्यस्तै, सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउनेगरी अध्यादेशमार्फत कानुन संशोधन हुने भएको हो ।श्रमिकहरुको अनिवार्य अवकाश उमेरहद ५८ बाट ६० वर्ष बनाइएको छ भने कसुरजन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्ने व्यवस्था गरिएको छ । फैसला कार्यान्वयनको तहमा केही सरकारवादी मुद्दामा मिलापत्र गरी पीडितलाई रकम भराउने मौका दिने र पीडित सँग मिलापत्र गरेमा दण्ड जरिवाना माफी हुने व्यवस्था पनि गरिएको छ । पुनरावेदन गर्दा विगो, जरिवाना पूरै धरौटी राख्न नसके थुनामा बस्नुपर्ने व्यवस्था परिवर्तन गरी सुरु धरौटीको १५ प्रतिशत मात्र धरौटी राखे पुग्ने व्यवस्था गरिएको छ ।
नेपाली आईटी कम्पनीले विदेशमा लगानी गर्न र विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने व्यवस्था पनि गरिएको छ । विदेशमा शाखा कार्यालय खोल्न पाउने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि क्रमशः राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै जाने भएको छ । वृत्तिभरण कोषमा शिक्षकहरूलाई समावेश गर्ने तथा योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालन कानुनमा संशोधन गरिएको पनि जनाइएको छ ।
तीन करोडसम्मको राजश्व विवाद राजश्व चुहावट अनुसन्धान विभागले नै निर्णय गर्न सक्ने, राजश्व चुहावट मुद्दामा विगो भराउन फैसला पर्खिनु नपर्ने, जरिवाना र विगो तिरेमा मिलापत्र गर्न सकिने व्यवस्था गरिएको छ । सरकारी ठेक्कापट्टामा उत्पन्न विवाद मध्यस्थताबाट गर्दा भएको ढिलाइ अन्त्य गर्न द्रुत मध्यस्थता गर्ने व्यवस्था राखिएको पनि जनाइएको छ ।कम्पनीका कर्मचारीले प्राप्त गरेको कर्मचारी शेयर बिक्रीसम्बन्धी स्पष्ट व्यवस्था राखिएका छन् । कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने, तर बन्द गर्दा हुने झन्झट अन्त्य गरिएको छ र कारोबार नभई बन्द हुन चाहने कम्पनी खारेजी गर्दा तिर्नु पर्ने जरिवानामा छुट दिने व्यवस्था पनि गरिएको छ ।विशेष आर्थिक क्षेत्रभित्र हाल उत्पादनमुलक उद्योगले मात्र सञ्चालन अनुमति पाएकोमा अब सेवामुलक उद्योग पनि स्थापना हुन सक्ने भएका छन् ।

 


प्रकाशित : २०८१ पुष २७, शनिबार ११:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech