मन्त्री पौडेलले प्रधानमन्त्रीलाई बुझाए स्वास्थ्य बीमा सुधार कार्ययोजना

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन्।
मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारेको कार्ययोजना सहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले बुधबार प्रधानमन्त्रीलाई बुझाएका हुन्।कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार गर्ने तयारीमा सरकार छ।

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै रु पाँच लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन्।
प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम रु पाँच लाखसम्म पुर्‍याउन सकिने आधार समावेश छ।


प्रकाशित : २०८१ माघ १६, बुधबार १५:०१